पाँचवटा मेडिकल कलेजको अनुगमन गर्न विद्यार्थी संगठनद्धारा टोली गठन

काठमाडौँ, २४ माघ । तीन ठूला विद्यार्थी संगठनले चर्को शुल्क लिएको आरोप लागेका पाँच वटा मेडिकल कलेजको अनुगमन गर्ने भएको छ । एमाले निकट अनेरास्ववियू, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र कांग्रेस निकट नेपाल विद्यार्थी संघका प्रतिनिधिले कलेजहरुको अनुगमन गर्ने भएका हुन् ।

अनुगमन गर्ने कलेजहरुमा युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा, चितवन मेडिकल कलेज भरतपुर, नेशनल मेडिकल कलेज बीरगञ्ज र किष्ट मेडिकल कलेज ललितपुर रहेका छन् ।

तीनवटै विद्यार्थी संगठनले आज जारी गरेको प्रेस विज्ञप्तीमा कलेज अनुगमन गर्न अनेरास्ववियू अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारी अध्यक्ष तामाङ र नेवि संघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा २१ सदस्यीय अनुगमन टोलीसमेत गठन गरिएको जनाइएको छ ।
उनीहरुले सरकारले तोकेको मापदण्ड र निर्देशन विपरीत मेडिकल शिक्षामा गरेको अनियमिततालाई रोकी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने समेत माग गरेका छन् ।

ती विद्यार्थी संगठनले संविधानप्रदत्त अधिकारअनुरुप आधारभूत र माध्यमिक शिक्षालाई पूर्णरुपमा निःशुल्क घोषणा गरी आगामी शैक्षिक सत्रबाट लागू गर्नुपर्ने समेत गरेका छन् । विद्यार्थी संगठनले राखेका माग जतिसक्दो चाँडो समाधान नगरेको खण्डमा कडा संघर्षमा जाने नेविसंघका सहमहामन्त्री प्रेम जोशीले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *