बीपी स्मृति सामुदायिक अस्पताल आफ्नै भवनमा सर्‍यो

काठमाडौँ, १३ माघ । स्थापनाको १० बर्ष पछि बसुन्धरास्थित बीपी स्मृति सामुदायिक सहकारी अस्पताल आफ्नै भवनमा सरेको छ । यसअघि सो अस्पतालले भवन भाडामा लिएर स्वास्थ्य सेवा प्रदान गरेको थियो । नयाँ भवन बसुन्धरा प्रहरीचौकीको नजिकै चक्रपथ भित्रपट्टी रहेको छ ।

अस्पतालको १० औँ बार्षिक साधारण सभाको अवसर पारी आज आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ भवनको उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले सहकारीको माध्यमबाट जनतालाई सुलभ रुपमा गुणस्तरीय सेवा पुरयाएकोमा सेयर सदस्य तथा अस्पताल प्रशासनको प्रशंंसा गरे ।

अस्पतालका अध्यक्ष डा. केदार नरसिंह केसीले महामानव विपी कोइरालाको नामबाट स्थापना गरेर आम सर्वसाधारणलाई शुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिन सफल भएको दावी गरे । उनले सहकारीका माध्यमबाट सञ्चालित सामुदायिक अस्पताललाई साधनस्रोत सम्पन्न गराई थप सेवा उपलव्ध गराउने लक्ष्य रहेको बताए ।

अस्पतालका कार्यकारी निर्देशक डा. धनबहादुर रानाले अस्पतालको विगत बर्तमान र भविस्यको योजनाबारेमा बताएका थिए । सो अस्पतालमा अहिले ४९५ सेयर सदस्य रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *