सूचना तथा सञ्चारमन्त्री स्वास्थ्य परीक्षण गराउन बीर अस्पतालमा

काठमाडौँ, ४ माघ । खोकीले सताएपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत बिहीबार  स्वास्थ्य परीक्षणका लागि बीर अस्पताल पुगेका छन् । उनले ‘चेष्ट फिजिसियन’ डा. अशेष ढुंगानासंग स्वास्थ्य परीक्षण गराएका छन् ।

परीक्षण पछि डा. ढुंगानाले मन्त्री बस्नेतालाई सामान्य समस्या भएको प्रतिक्रिया दिए । उनले भने, ‘यो अहिलेको मौसमका कारण, धपडीका कारण पनि कहिलेकाँही यस्तो हुनसक्छ । यद्धपी छातीको एक्सरे तथा सामान्य परीक्षण गर्न पठाएको छु ।’

मन्त्री बस्नेतले सर्बसाधारणको पहिलो रोजाई भएको बीर अस्पताल आफ्नो पनि पहिलो रोजाईको भएको बताए । उनले भने, ‘पहिलो कुरा म सितिमिति विरामी नै हुन्न भएका बेला अन्त जान्न बीरमै आउने हो ।’ उनले बर्षौ पहिले एपेन्डीक्सको समस्या हुँदा पनि बीरमै उपचार गराएको जानकारी दिए ।

अस्पतालका निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेतले सरकारका उच्च अधिकारीहरुले अस्पतालबाट सेवा लिदाँ अस्पतालप्रतिको विश्वास थप उच्च हुँदै जाने बताए । उनले वहालवाला तथा पूर्वराष्टपति पूर्वप्रधानमन्त्रीहरु, बहालवाला मन्त्री तथा पूर्वमन्त्रीहरु स्वास्थ्य उपचारका लागि बीर अस्पताल आउने गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *