ओली सरकारको ९० दिनमै स्वास्थ्यले पठायो १०० दिनको उपलव्धी (विवरण सहित)
नेपाली हेल्थ /काठमाडौँ – स्वास्थ्य मन्त्रालयले केपी ओली नेतृत्वको सरकार बनेपछि एक सय दिन भित्र गरेका प्रमुख कार्यहरुको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पठाएको छ । तर गत शुक्रबार मन्त्रिपरिषदमा विवरण पठाउँदा ओली सरकार गठन भएको ९० दिन मात्रै पुगेको थियो ।
नेपाली हेल्थलाई प्राप्त विवरण अनुसार स्वास्थ्यले आफ्ना उपलव्धीमा नियमित फुटकर कामलाई नै उपलव्धीको रुपमा प्रस्तुत गरेको छ ।विपन्नलाई खर्च बाँढेको, उपचार गरेको , मुटुको भल्व फेरेको लगायतका कुराहरुलाई मुख्य उपलव्धीको रुपमा प्रस्तुत गरेको छ । जुन बर्षौ अघि देखी चल्दै आएको नियमित फुटकर काम हो ।
प्रधानमन्त्री कार्यालयलाई बुझाएको एक सय दिनको प्रगतिमा खोप सेवा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संसदबाट पारित भएको समेत उल्लेख छ । ७५ बर्ष माथिका ८० जना र १५० जना बालबालिकाको निशुल्क मुटुरोगको उपचारको व्यवस्था मिलाइएको उपलव्धीमा उल्ले गरेको छ । त्यस्तै यो अवधीमा पाँच सय कुष्ठप्रभावितलाई उपचार खर्च प्रदान गरिएको ,१५ बर्ष मुनिका ८ जना क्यान्सर पिडीत बालबालिकाको निशुल्क उपचरा भएको , एमडीएमस निशुल्क अध्ययन गराउने कार्यक्रम बीरमा कार्यान्वनय गरिएको लगायतको काम देखाएको छ ।
मन्त्रालयले ४४ प्रकारका औषधि फास्टट्रयाक पद्धतीबाट खरीद प्रक्रिया अघि बढाइएको जनाएको छ । त्यस्तै औषधि अभाव हुन नदिन र समन्वय गर्न मन्त्रालयमा हेल्पडेस्क सञ्चालनमा ल्याएको समेत आफ्नो उपलव्धीमा राखेको छ ।
स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई ९० दिनमै पठाएको १०० दिनको उपलव्धी यस्तो छ :
(सम्माननीय प्रधानमन्त्रीज्यूको मन्त्रीपरिषद्को १०० दिनको कार्यकालमा स्वास्थ्य मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यहरु /उपलव्धीहरु)
- खोप सेवा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७२ संसदवाट पारित ।
- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संसदवाट पारित ।
- सन् २०१७ सम्म पूर्ण खोप घोषणा गर्ने उद्देश्य अनुरुप ५ जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा साथै सन् २०१९ सम्ममा दादुरा रुवेला रोग निवारण गर्ने राष्ट्रिय प्रतिवद्धता अनुरुप चौथो दादुरु रुवेला खोप अभियान २०७२ सञ्चालन ।
- ७५ बर्ष माथिका ८० जना, १५ बर्ष मुनिका १५० जना वालवालिकाको निशुल्क मुटु रोगको उपचार, ३० जना मुटुका विरामीलाई निशुल्क भल्भ बितरण ।
- ५०० जना कुष्ठ रोगवाट ग्रसीत विरामीहरुलाई उपचार खर्च प्रदान तथा भूकम्पवाट अति प्रभावित १४ जिल्लामा अपाङ्ग व्यवस्थापन तथा पुनर्स्थापना सम्वन्धी विशेष कार्यक्रम सञ्चालन र पानीको गुणस्तर सम्वन्धी सर्भिलेन्स कार्य सम्पन्न ।
- १५ बर्ष मुनिका ८ जना क्यान्सर पिडित वालवालिको निशुल्क उपचार ।
- MD/MS निशुल्क अध्ययन गराउने कार्यक्रम अन्तर्गत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा विद्यार्थीहरुसंग करार सम्झौता सम्पन्न गरी अध्ययन सुचारु ।
- विद्यमान असहज परिस्थितमा निशुल्क स्वास्थ्य सेवा सुचारू राख्न ४४ प्रकारका अत्यावश्यक औषधिहरू द्रुत प्रक्रियावाट खरिद गर्ने निर्णय भएको ।
- औषधि आपुर्तिको असहज अवस्थालाई मध्यनजर गर्दै Health Desk स्थापना गरी निजी क्षेत्र समेतको सहकार्यमा सहजिकरण, ६ किसिमका भ्याक्सिन तथा अत्यावश्यक औषधिहरुको खरिदको लागि सम्झौता ।
- देहाय अनुसार बिपन्न नागरिक औषधि उपचार सेवा प्रदान गरिएको
सि.नं. | रोगको नाम | नयाँ विरामीको संख्या |
१. | क्यान्सर | १५९४ |
२. | हेमो डायलासिस | ३७० |
३. | पेरिटोनियल | २२ |
४. | मुटु | ७०२ |
५. | पार्किन्सन्स | २ |
६. | अल्जाइमर्स | २ |
७. | स्पाइनल इन्जुरी | ५ |
८. | सिकलसेल एनिमिया | ७७ |
९. | मृगौला प्रत्यारोपणका विरामी | ४७ |
जम्मा | २७७४ |
भुकम्प पछिको पुननिर्माण र पुनस्र्थापना सम्वन्धी क्रियाकलापहरु
- भूकम्पवाट अति प्रभावित १४ जिल्ला र अन्य १७ जिल्लामा भुकम्पवाट क्षति भएका स्वास्थ्य संस्थाहरुको निर्माण तथा मर्मत कार्यका लागि रु. १ अर्ब ५० करोड बराबरको कार्यक्रम स्वीकृत भएको,
- भूकम्पवाट अति प्रभावित उपत्यका वाहेकका ११ जिल्लाका मेडिकल अधिकृतहरुलाई मेन्टल हेल्थ स्वास्थ्य सम्वन्धी तालिम, ७ जिल्लामा मेडिकल टिम परिचालन ।
- भूकम्पवाट अति प्रभावित १४ जिल्लाका क्षतिग्रस्त स्वास्थ्य संरचना पुननिर्माण तथा सेवा पुनर्स्थापनाका लागि निम्न कार्यहरु गरिएको ।
- स्वास्थ्य संग सम्वन्धित विभिन्न कार्यहरु गर्न ४४ वटा दातृ निकायहरुसंग रू. ३ अर्व ८४ करोड लागतको योजना कार्यान्वयन गर्न संझौता गरिएको ।
- २७२ स्वास्थ्य संस्थाहरूको सेवा पुनर्स्थापनार्थ गर्न सहयोग ।
- २३८ वटा स्वास्थ्य संस्था प्रिफ्याव प्रविधिवाट निर्माण गर्न संझौता ।
- ५२ वटा अर्धस्थाई प्रकृतिका स्वास्थ्य आस्रय भवन निर्माण गर्न सम्झौता ।
- २८ वटा क्षतिग्रस्त स्वास्थ्य संस्था मर्मत ।
- २२६ स्वास्थ्य संस्थालाई औजार उपकरण तथा फर्निचर उपलब्ध गराइएको ।
- १२ जिल्लामा मनोसामाजिक परामर्श, आकस्मिक प्रजनन् स्वास्थ्य, स्वास्थ्य शिविर संचालन र क्षमता अभिवृद्धि गर्ने कार्य सम्पन्न ।
- अमेरिका नेपाल मेडिकल फाउण्डेसनको सहयोगमा सिन्धुपाल्चोक जिल्ला अस्पतालको प्रिफ्याव भवन निर्माण सम्पन्न ।
- सोसिएल वएलफेअर एसोसिएसन नेपालको सहयोगमा गोर्खामा २ वटा आस्रय भवन निर्माण सम्पन्न ।
- मिडवाइफरी समाज नेपालको सहयोगमा काठमाण्डौ, भक्तपर र ललितपुर जिल्लामा १५ शिविर संचालन,
- आकस्मिक सेवा, शल्य क्रिया कक्ष, सघन उपचार कक्ष जस्ता संवेदनशील सेवालाई प्राथमिकता दिइ ५० शैया देखि माथिका सरकारी अस्पतालहरुमा वैकल्पिक उर्जाका रुपमा सोलार प्रणाली जडान गर्ने कार्य योजना बनाइएको ।
सम्पर्क इमेल : [email protected]
भयंकर नयाँ नौलो काम सुरु गरेको भएपो उपलव्धी भन्नु । यस्तो जावो पैसा बाढ्ने काम पनि उपलव्धी हुन्छ ? मन्त्रालयका साथीहरुले जागीर खाने काम गरेछन् ।
हैट ! स्वास्थ्य मन्त्रालय एक कदम अगाडी रहेछ । ९० दिनमै सय दिनको उपलव्धी पठाउने