दाउन्ने दुर्घटनाका घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार

चितवन, २४ पुस । एक जनाको ज्यान जाने गरी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ( २ दाउन्नेको ओरालोमा भएको सवारी दुर्घटनाका घाइतेको उपचार चितवनस्थित पुरानो मेडिकल कलेजमा भएको छ । आज दिउसो दाउन्नेको ओरालोमा ५ वटा सवारी साधन एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

सोमबार दिउँसो दाउन्नेबाट दुम्किवासतर्फ आउँदै गरेको लु ३ त ४५०० नम्बरको ट्याक्टरलाई ना ४ ख ६६९० नम्बर ट्रकले ठक्कर दिँदा ट्रयाक्टरमा सवार ८ जना घाइते भएका हुन् । दुर्घटनामा विनयी त्रिवेणी २ निवासी ५० वर्षीया भगवती कार्कीको अस्पतालमा उपचारको क्रममा निधन भएको दुम्किबास प्रहरीले जनाएको छ ।

ट्रक र ट्रयाक्टर ठोक्किएपछि सोही सवारी साधनमा ना३ख ५९३६ ट्रक, लु३च ५३२२ नम्बरको जीप र ना६ख ५४२९ नम्बरको ट्रक पनि ठक्कर खाएको थियो ।

दुर्घटनामा परी विनयी त्रिवेणी २ ज्यामिरे निवासी ४५ वर्षीय उदय रोकाय, ४० वर्षीया मीना रोकाय, ५० वर्षीय विष्णु रेग्मी, ४० वर्षीया ज्ञानु तामाङ्ग, ५५ वर्षीया यशोदा ढकाल, ४५ वर्षीया तुलसी परियार र ३८ वर्षीया जितकुमार पौडेल घाइते भएका छन् ।

घाँसदाउरा गरेर ट्रयाक्टरमा दुम्किवासतर्फ र्फकदै गरेका महिलाहरु दुर्घटनामा परेका हुन् । पुरानो मेडिकल कलेजका बरिष्ठ बजार निर्देशक दुर्गा न्यौपानेले ‘मास क्याजोल्टी’को राम्रो व्यवस्थापन सहित उपचार भईरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *