आइओएमका पूर्व डीन प्राडा शशी शर्माको मुद्धामा बहस सकियो, आजै फैसला हुनसक्ने
काठमाडौँ, २३ पुस । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमबाट आफूलाई अन्यायपूर्ण ढंगले हटाएको भन्दै पूर्व डीन प्राडा शशी शर्माले चार बर्ष अघि सर्बोच्च अदालतमा हालेको मुद्धाको बहस आज सकिएको छ । बहस सकिएपछि सम्भवत आजै फैसला हुने सक्ने बताइएको छ ।
प्रधानन्यायधीश गोपाल पराजुली र न्यायधीश दीपकराज जोशीको इजलासमा आज बहस भएको थियो ।
त्रिवि कार्यकारी परिषदले २०७० पुसको अन्तिम तिर डा शर्मालाई डीनमा नियुक्त गरेको थियो । तर त्रिविकै अर्का प्राडा गोविन्द केसी बरिष्ठताको आधारमा डीन नियुक्ती हुनुपर्ने भन्दै आमरण अनसन बसेपछि उनको सरकारले ८ माघ २०७०मा सरकारले पदमुक्त गरेको थियो । त्यसको करीब एक महिना पछि डा शर्मा सरकारी कदम विरुद्ध सर्बोच्च गएका थिए ।
त्यसको करीब एक महिना पछि डा शर्मा सरकारी कदम विरुद्ध सर्बोच्च गएका थिए ।
सम्पर्क इमेल : [email protected]