रसुवा जिल्ला अस्पतालको भवन रेडक्रसद्धारा हस्तान्तरण

रसुवा, १९ पुस । नेपाल रेडक्रस सोसाइटीद्वारा धुन्चेमा निर्माण गरिएको प्रि फेब्रिकेट मोडलको जिल्ला अस्पताल मंगलबार एक कार्यक्रम गरि हस्तान्तरण गरिएको छ ।

नेपाल रेडक्रम सोसाइटी केन्द्रीय कार्यालय, भूकम्प प्रतिकार्य प्रमुख उमेशप्रसाद ढकालले आज यहाँ आयोजित एक कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारीलाई भवनको साँचो हस्तान्तरण गरे ।

२०७३ सालको भूकम्पबाट जिल्ला अस्पतालको भवन क्षतिग्रस्त भएपछि नेपाल रेडक्रस सोसाइटीको सहयोगमा उक्त भवन निर्माण गरिएको रेडक्रम रसुवाका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिए ।

चिकित्सक बस्ने चार कोठे, आवास र १५ शैयाको अस्पताल एकै पटक निर्माण कार्य सुरु गरिए पनि आवास भवनको निर्माण कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने बताइएको छ ।

रु एक करोड ६८ लाख ९३ हजार ३८४ को लागतमा निर्माण भएको सो भवनबाट अब केही दिनमै उपचार सेवा सुरु गरिने जिल्ला स्वास्थ्य प्रमुख गुणनिधि शर्माले जानकारी दिए।

सो अवसरमा प्रमुख ढकालले भवन निर्माणसँगै रेडक्रसले रु ४२ लाख ९५ हजार मूल्य बराबरको विभिन्न प्रकारका उपकरणसमेत सहयोग सहयोग गरेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *