यौनबर्धक सामग्री भन्दै अबैध कारोबार गर्ने १५ सञ्चालक पक्राउ
काठमाडौँ, १६ पुस । अबैध रुपमा यौनशक्ति बर्धक सामग्रीहरु बिक्री विरतरण गरी ठगी गरेको आरोपमा एक भारतीय सहित १५ जना सञ्चालक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकाहरुमा प्रकाशन हुने बर्गिकृत डिस्प्लेमा योन शक्ति, सुपर यौन, यौनबर्धक तेल, यौन सन्तुष्ठी, मोटोपना, सेक्स जस्तो विज्ञापन प्रकाशित गरि सर्वसाधारणलाई ठगी गरेको भन्दै पक्राउ गरेको हो । सीआईबीले यो अभियानलाई अप्रेशन इलुजन नाम दिएको थियो ।
उपभोक्ता संरक्षण मञ्चको उजुरीको आधारमा सीआईबीले गरेको अप्रेशन इलुजनमा कम्पनीेको खान तलासी गरी विभिन्न सामग्री समेत बरामत गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा गोर्खा हर्वो बीजका सञ्चालक सहिद लखन गाउपालिका ९ घर भई काठमाडौँ गोंगबु बस्ने सुदिल ढकाल, कस्मेटिक्स पसलका सञ्चालक भारत हरियाणा घर भएका काठमाडौँ भोटेबहाल बस्ने विकास गोयल, हर्बल शप नेपाल फर्मका सञ्चालक भोजपुर घर भई कामनपा ३५ बस्ने सूर्यबहादुर रायमाझी रहेका छन् ।
यस्तै ग्रिन हर्बल एण्ड फिटनेश सपका सञ्चालक उदयसिंह नगर उत्तराखण्ड घर भई सितापाइला बस्ने मेजर सिंह, टेलिवन टिभी एण्ड अनलाइन सर्भिस सञ्चालक लमजुङ रायनास ४ घर भई काठमाडौँ गोलढुंगा बस्ने बाबुराम ढकाल, कान्तिपुर टेलि शप सुन्धारा सिभिल मलमा पसल गर्ने शहिद लखन गाउपालिका १ घर भई कामनपा ११ बस्ने रत्न घिमिरे, टेलिमार्केट नेपालका सञ्चालक पाँचथर रानीगाँउ घर भई हाल मीनभवन बस्ने टेलि मार्केट सञ्चालक बसन्त सम्भाहाम्फे रहेका छन् ।
यस्तै टेलि सेन्टर तीनकुनेका सञ्चालक विपिन पोखरेल,सितारा हर्वल काम शक्तिका सञ्चालक यमनाथ पौडेल, ग्लोबल टिभि प्रडक्ट सपका सञ्चालक पवनकुमार भारती, नेचुरल टेली सपका सञ्चालक रविन खड्का, एशियन हर्वल होम फर्मका सञ्चालक सुप्रभा केसी, फस्ट डि अनलाइन सपिङका सञ्चालक लक्ष्मी कटेल, ग्लोबल टिभि प्रडक्ट सपका सञ्चालक पवनकुमार भारती र ग्लोबल टेलि सपका सञ्चालक यादव राज भारती रहेका छन् ।
सीआईबीले उनीहरुलाई मुलुकी ऐन ठगीको महल बमोजिम ठगी अपराधमा काठमाण्डौ जिल्ला अदालतबाट सात दिन म्याद लिई थप अनुसन्धान भई रहेको जनाएको छ ।
सम्पर्क इमेल : [email protected]