प्रसूतिगृह अस्पतालको निर्देशकमा पुन: डा. जागेश्वर गौतम

काठमाडौँ, १३ पुस । प्रसूतिगृह अस्पतालको निर्देशकमा पुन:  डा. जागेश्वर गौतम आएका छन् । उनी गत पुस २६ गते निर्देशक पदबाट राजिनामा दिएर विदामा बसेका थिए ।  गत माघ १० गते सो अस्पतालको निमित्त निर्देशक डा आमिरबाबु श्रेष्ठले पाएका थिए ।

डा गौतम सो अवधीभर ओम अस्पतालमा काम गरेका थिए ।  स्वास्थ्य मन्त्री दीपक बोहराले हिजो निर्णय गर्दै डा गौतमलाई अस्पतालको निर्देशकमा पुर्न नियुक्त गर्ने निर्णय गरेका हुन् ।

डा गौतमले आजै पदवहाली गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *