चौरासी वर्षमा ज्योति पाएपछि तामाङले पाए नयाँ जीवन

 टीका खतिवडा / इलाम, १३ पुस । इलाम नगरपालिका–८ का ८४ वर्षीय जैइबहादुर तामाङले मोतियाबिन्दुका कारण आँखाको ज्योति गुमाउनु भएको लामो समय भइसकेको थियो ।

उज्यालो संसारबाट धेरै समय टाढा रहेका तामाङले हालै इलाममा भएको शल्यक्रियापछि पुनः आँखा देख्न थाल्नु भएको छ भने उनले पुनर्जीवन नै पाएको अनुभव गरेका ाछन् ।

आँखा नदेखे पनि डाक्टरले आँखा झिकिदिन्छन् भन्ने डरले उपचार नै गराउन नगएका तामाङलाई भतिजी चन्द्रकलाले बल्ल बल्ल आँखा शिविरमा ल्याएकी थिइन् ।

उपचारका लागि उनलाई नेपाल नेत्र ज्योति संघ, इलाम र विराटनगर आँखा उपचार केन्द्र, विराटनगरद्वारा इलाम सदरमुकाममा सञ्चालित मोतियाबिन्दु भएकाको निःशुल्क शल्यक्रिया शिविरमा उनले नै ल्याएकी थिइन् ।

उपचारमा ल्याउँदा बाटोमा समेत आँखा हराउँछ भन्ने डर उनमा थियो । भतिजी चन्द्रकलाले भनिन् – “बाटोमा समेत सारै डराउनु भएको थियो, आँखा छाम्दै–छाम्दै आउनुभको हो ।”

आँखाको उपचार त के, उनी आँखा जाँच गर्न नै डराउथे । मंगलबार पनि उनले उपचार गराउन नमानेपछि डाक्टर मनिष पाण्डेको टोली नै लागिपरेर जबर्जस्ती जस्तै गरी शल्यक्रिया गरेको थियो ।

बिहान एउटा आँखामा पट्टि बाँधेर अस्पताल परिसरमा देखिएका तामाङ निकै निरास देखिन्थे । उनको मनभरि निराशा छाएको थियो भने डाक्टर मनिषदेखि उनी रिसाएका गिए । उनकी भतिजीदेखि त झन् धेरै रिसाएर बर्बराउन नै थालेका गिए ।

रिसाएका तामाङलाई डाक्टरको टोलीले अन्य २४ जना शल्यक्रिया गरेको टोलीसँगै जब कुर्सीमा राखियो । उनको सहाराका रुपमा रहेको लठ्ठी एकातिर राखियो । तामाङलाई आफ्नो लठ्ठी कहाँ छ भन्ने नै थाहा थिएन ।

डाक्टर पाण्डेले आँखा सफा गर्दै आँखा खोल्न आग्रह गरे । तामाङले आँखा त खोले, तर चम्किलो अनुहार लगाएर टोलाइ मात्र रहे । उनकी भतिजी आएर सोधिन् “म को हो रु” तामाङ एकै छिन टोलाए। अनि आफ्नो असीम खुशी छल्काउने गरी भने “उम्… नानी….”, त्यसपछि सबैको हाँसो गुन्जियो, सबैमा खुशी छायो ।

तामाङलाई डाक्टर मनिषले सोधे – “म को हो रु” तामाङले खुशी भएर हेर्दै “नमस्कार डाक्टर १” भने । डाक्टर मनिषको मुहारमा पनि खुशी छल्केको थियो । तामाङले सबैलाई पालैपालो हेर्दै नमस्कार गर्न थाले । डाक्टर मनिषले उहाँको छेउमा गएर मोबाइल निकाल्दै उनलाई देखाउँदै सेल्फी खिच्न आग्रह गरे ।

जब उपचार भयो, कसोकसो गर्दा उनले आफ्नो जुत्ताको लेस खुस्केको थाहा पाए। अनि बोली पनि नबुझिने गरी कराउन थाल्नुले । तामाङकी भतिजी सो बेला बाहिर गएकी रहेछिन् । जुत्ताको लेस हेर्दै कराउन थालेपछि अर्का एक अधबैंसेले उनको लेस बाँधिदिन खोजे । तामाङ अझ झाँेक्किएर आफ्नो लेस आफैँ बाँध्ने बताए । लामो समयदेखि अर्कैले कपडा लगाइ दिने, अर्कैैले नुवाइधुवाइ गरिदिने र लगभग परनिर्भर जस्तै तामाङले जुत्ताको लेस आफैँ बाँधे ।

भतिजीले उनको बारेमा बताउन थालिन्, डाक्टर र उपस्थित सबै छक्क परे । फिल्मी शैलीमा जस्तै अचानक उनमा आएको परिवर्तनले डाक्टर र उनका आफन्तजनमा समेत खुशीयाली छाएको थियो ।

यति छिटो यस्तो परिवर्तन हुन्छ भन्ने नसोच्नु भएकी भतिजीले समेत छक्क पर्दै भनिन्, “पहिले नै उपचार गराउन जाउँ भन्दा कुट्न खोज्नुहुन्थ्यो ।” डाक्टर मनिष पाण्डे नेतृत्वको टोली पनि दंग प¥यो । धेरै यस्ता उपचार गराए पनि यो उपचारले डाक्टर हुनुमा गौरव महसुस भएको उनले बताए ।

जब शिविरमा डाक्टरले जाँच गर्न थाले तबसम्म पनि आँखा देख्न सक्छु भन्ने विश्वास आफूमा नपलाएको तामाङले बताए । आँखाको शल्यक्रिया पछि उहाँले संसारको उज्यालो जब अलिअलि देख्न थाल्नुले, तब तामाङले पहिला नै किन उपचार नगरेको भन्ने पश्चाताप आफूमा छाउन थालेको बताए । उनले शिविरबाट नयाँ जीवन पाएको महसुस गरेको बताए ।

इलाम अस्पतालमा मंगलबार बिहान देखिएको यो दृष्यले सबै मोतियाबिन्दुका बिरामीलाई शल्यक्रिया गरे आँखाको ज्योति फेरि फर्कने रहेछ भन्ने विश्वास गर्न ठूलो मद्दत पुगेको छ ।

तामाङको एउटा आँखाको मात्र शल्यक्रिया गरिएको छ । अब उनी आफैँ अर्को आँखाको शल्यक्रिया गराउन तम्तयार देखिएका छन् ।

उमेर बढेसँगै मानिसमा मोतियाबिन्दु हुने डाक्टर मनिष पाण्डे बताउछन् । उनले मोतियाबिन्दुको निश्चित औषधि नभएको बताउँदै उत्तम विकल्प भनेको शल्यक्रिया नै भएको बताए ।

इलाममा मोतियाबिन्दु भएकाका लागि तीनदिने निःशुल्क शिविर भइरहेको छ । सोमबारदेखि सुरु भएको शिविर बुधबार सकिएको छ ।

पहिलो दिन २५ जना र दोस्रो दिन ३१ र तेस्रो दिन १९ को निःशुल्क शल्यक्रिया भएको आयोजक नेत्रज्योति संघ, इलामका सहसचिव प्रकाश भट्टराईले जानकारी दिए। शिविरमा एक हजार ५०० भन्दा बढीले आँखा जाँच गराएको उनले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *