नर्भिक अस्पतालद्धारा थ्रि टेस्ला एमआरआई र १२८ स्लाईसको सीटीस्क्यान मेसिन सञ्चालनमा
काठमाडौँ, १२ पुस । थापाथलीस्थित नर्भिक अस्पतालले आज देखि थ्री टेस्ला एमआरआई र १२८ स्लाइस सीटीस्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । निदानात्मक सेवालाई प्रविधियुक्त बनाउने योजना अनुरुप अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा आज आयोजित विशेष समारोहमा दुईवटा मेसिनको पूर्व युवराज्ञी हिमानी शाहले गरिन् । समारोहमा वरिष्ठ कलाकार तथा नर्भिकका सद्भावनादूत हरिवंश आचार्य उपस्थित थिए । सद्भावनादूतद्वयका तर्फबाट हरिवंश आचार्यले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए ।
निदरल्याण्डमा निर्मित एम.आर.आई.मा यसको (इन–बोर) सुरूङ्ग भित्र श्रब्य–दृश्य प्रणाली रहेको हुँदा बिरामीले आफूलाई मनपर्ने, सङ्गीत, मनपर्ने भिडियो आदि सुन्न÷हेर्न सक्नेछन् । त्यसरी नै एम.आर.आई. प्रक्रियाको चित्र अति विशिष्ट र सुस्पष्ट त हुन्छ नै बिरामीको सेवा/आरामदायितामा पनि यो अतुलनीय रहेको हुँदा यसखाले एम.आर.आई. नेपालमै पहिलो हुने अस्पतालले जनाएको छ ।
यसमा निरन्तर श्रब्य–दृश्य हुने भएको हुँदा एम.आर.आई. गराउने बिरामीलाई डरको सट्टा मनोरञ्जन दिने र तिनले आफ्नो छनौटको सङ्गीत वा भिडियो हेर्न मिल्ने विशेषता रहेका छन् । यो प्रणालीमा सामान्य एम.आर.आई.मा उत्पन्न अप्रिय ध्वनि भन्दा झण्डै ८०% कम (ध्वनि) आवाज उत्पन्न हुनेहुँदा बिरामीले सहज हुने बताइएको छ ।
त्यस्तै आजैबाट सञ्चालनमा आएको १२८ स्लाइसको सी.टी. स्क्यान सेवा पनि सुभारम्भ भएको छ । अस्पतालले उक्त सी.टी. विश्वकै उत्कृष्ट प्रविधि मध्येको भएको दावी गरेको छ ।
यस सी.टी. स्क्यानमा अन्य सामान्य सी.टी. स्क्यानको तुलनामा एक्स–रेको विकीरण ८०% ले कम हुने, उत्कृष्ट फोटो गुणस्तरका साथ अन्य थुप्रै अत्याधुनिक विशेषताहरू रहेको बताइएको छ । यसले मुटु, मस्तिष्क, मांशपेशी, अस्थीपञ्जर आदि सबै प्रणालीको खराबी÷रोग पत्ता लागउन सर्वोत्कृष्ट भूमिका निभाउने बताएको छ ।
समारोहमा बोल्दै नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले हस्पिटलले आगामी पाँचवर्षभित्र सम्पन्न गर्ने विविध सेवा विस्तार योजना बारे प्रकाश पारिन ।
यसैगरी नर्भिकका स्नायुरोग विशेषज्ञ तथा चिकित्सा निर्देशक डा. पङ्कज जलानले आजै समुद्घाटिन अत्याधुनिक एम.आर.आई. तथा सी.टी. स्क्यान सेवाको अत्याधुनिक एवम् वैज्ञानिक विशेषताहरूबारे व्याख्या गरे ।
नर्भिकका सद्भावनादूतद्वयका तर्फबाट वरिष्ठ कलाकार हरिवंश आचार्यले सो समारोहमा आफ्ना विचार राखे । सो अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटल तथा लक्ष्मी बैंकद्वारा संयुक्तरुपमा सुरुवात गरिन लागिएको “नर्भिक–प्रिमिलेज डेविट कार्ड”को समेत शुभारम्भ गरियो ।
सम्पर्क इमेल : [email protected]