माइतीघरको नवजीवन वेलनेश सेन्टरमा आपूर्ति विभागको सिलबन्दी

काठमाडौँ, १२ पुस । स्वास्थ्यसंग सम्बन्धित कुनै पनि निकायबाट अनुमति नलिई सञ्चालन गरेको भन्दै माईतिघरस्थित नव जीवन वेयलनेस सेन्टर प्रालिमा सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागबाट खटिएको टोलीले मंगलबार सिलबन्दी गरेको हो ।

टोलीले तीन दिन भित्र विभागमा उपस्थित हुन समेत निर्देशन दिएको विभागका निर्देशक महेन्द्र श्रेष्ठले बताए ।

‘अनुगमनको क्रममा सो सेन्टर कम्पनी रजिष्ट्रारको कार्यालयमा मात्रै दर्ता भएको पाइयो । यसले हुँदैन स्वास्थ्यका कुनै निकायमा दर्ता भएको देखिएन । औषधि विक्री गर्ने तथा विभागमा पनि दर्ता भएको पाइएन । त्यसैले सिलबन्दी गरयौँ,’  श्रेष्ठले भने ।

अनुगमनका क्रममा टोलील म्याद नाघेकोले ट्रिमोहिल्स हेल्थ जुस ५०० एमएलको १६ बोतल, निम्बादी चुर्ण १०० ग्रामको एक डिब्बा नष्ट गरेको थियो । यस्तै विक्री वितरण गनए नमिल्ने शक्ति गोल्ड २४ पिस जफत गरेको थियो ।

टोलीले सेन्टरबाट ४८ थान विल प्याड समेत जफत गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *