ग्राण्डी अस्पतालमा उपचाररत युवतीले १० औँ तल्लाबाट हाम फालिन्

काठमाडौँ, ११ पुस । धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत एक युवती (विरामी) ले अस्पतालको १० औँ तल्लाबाट हाम फालेकी छन् । भाग्यवस उनको ज्यान भने बचेको छ ।

घटना करीब एक महिना पहिलेको हो । अस्पतालको दशौँ तल्लामा रहेको हाईकियर युनिटमा उपचाररत नुवाकोट किस्पाङ गाँउपालिका ५ कि २४ बर्षीया सुलोचना (नाम परिवर्तन) तामाङले गत मंसिर १३ गते राती ३ बजे दशौँ तल्लाबाट हाम फालेकी थिइन । तर उनी ग्राउण्डमै खस्न पाइनन् । उनी छैटौँ तल्लामा अडकिइन ।

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार हामफाल्दा उनको दायाँ हात र करङ ‘फ्याक्चर’ भएको छ । त्यस्तै टाउकोमा रगत जमेको थियो । करीब एक महिना लामो उपचार पछि ती सबै चोटहरु निको हुने क्रममा छ ।

पारिवारिक स्रोतका अनुसार हाई डोजको मनोद्धिपिक औषधि खाएर गम्भीर विरामी भएकी तामाङलाई उपचारका लागि ग्राण्डी पुरयाएको थियो । गम्भीर विरामी भएको भन्दै ग्राण्डीले १० औँ तल्लामा रहेको ‘हाई कियर युनिट’मा राखेर उपचार गरेको शुरु गरेको थियो । उपचार शुरु गरेकै दिन उनले हाम फालेकी हुन् ।

‘हाईकियर युनिट’मा विरामीको आफन्त बस्न नपाउने र स्वास्थ्यकर्मीको निगरानीमा रहने व्यवस्था छ ।

घटनापछि आफन्तहरुले ‘हाई कियर’मा विरामीको ‘कियर’ नभएको भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका थिए । त्यस लगत्तै प्रशासनले विरामीको निगरानीमा कमजोरी रहेको स्वीकार्दै सुधार गरिने प्रतिवद्धता जनाएका थिए ।

आफन्तका अनुसार घटना पछि लागेको चोटपटकको उपचार खर्च अस्पतालले बेहोर्ने सहमति भएको छ । ‘आज यहि विषयमा छलफल भएको थियो, मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे  हाम फालेपछि लागेको चोटको उपचारखर्च अस्पतालले वेहोर्ने प्रतिवद्धता जनाउँदै विरामीको हेरचाहमा ध्यान दिने बताउनुभयो,’ आजको बैठकमा सहभागी एक आफन्तले भने ।

यस विषयमा डा. पाण्डेसंग कुरा गर्न गरिएको प्रयास सफल हुन सकेन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *