जाम्बियामा हैजाबाट २० जनाको मृत्यु

लुसाका, १० पुस । जाम्बिायाको राजधानी लुसाकामा यस महिनाको सरुदेखि हैजाका कारण कैयौं नागरिकको ज्यान गएको समाचार छ । यसबाट गएको तीन हप्तामा कम्तीमा पनि २९ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

हैजाको सङ्क्रमण भएका थप सयौँ जना विरामी अस्पतालको सम्पर्कमा आउने क्रम रोकिएको छैन । स्वास्थ्य मन्त्रालयले योसँगै हैजाबाट प्रभावित भएकाहरुको संख्या करिब एक हजार पुगेको जनाएको छ ।

फोहोर पानी, वातावरण र प्रदुषित खानाका कारण लाग्ने यो रोगबाट गत अक्टोबरदेखि अहिले सम्म २९ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले सोमबार जनाएका छन् ।

यहाँ हैजाको प्रकोप फैलिने खतरा रहेकोले गम्भीर रुपमा यसको निराकरणका कार्यहरु गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

अहिले सैयौँ विरामीले अस्पतालमा उपचार गराइरहेका छन् । स्वास्थ्य मन्त्रालयका सञ्चार तथा बाह्य सम्वन्ध प्रमुख स्टान्सलौस एनगोसालेले जानकारी दिएअनुसार पछिल्लो सयमा उपचारका लागि अस्पताल आउने क्रम रोकिएको छैन ।

विश्व स्वास्थ्य संगठनले आगामी दिनमा पनि झाडापखालाको प्रकोप अझ बढ्न सक्ने चेतावनी दिएको छ । संगठनले वर्षा याममा यस्ता विरामी बढ्ने तर्फ ध्यानाकर्षण पनि गराएको छ । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *