तीन दिने स्वास्थ्य शिविरको पहिलो दिन ६६५ जनाले गराए परीक्षण


म्याग्दी, १० पुस । लायन्स क्लब अफ म्याग्दी दरबाङ र लियो क्लब अफ म्याग्दी दरबाङको संयुक्त आयोजनामा पश्चिम म्याग्दीको दरबाङमा आइतबारदेखि तीनदिने बृहत् स्वास्थ्य शिविर र आँखा शिविर शुरु भएको छ ।

आँखा शिविर आफ्ना स्वर्गीय बुबा ओमबहादुर बोगटी र भाइ लोक बोगटीको स्मृतिमा बेनपा– १ रत्नेचौर घर भई हाल मलेशियामा व्यापार गरी बसेका दीपक बोगटीको आर्थिक सहयोग र बृहत् स्वास्थ्य शिविर लायन्स क्लब र लियो क्लब दरबाङको व्यवस्थापनमा आयोजना गरिएको हो ।

शिविरको पहिलो दिन आइतबार आँखा शिविरबाट ३२६ र बृहत् स्वास्थ्य शिविरबाट ३३९ गरी ६६५ जना लाभान्वित भएको लायन्स याममति रोकाले जानकारी दिए। शिविरमा निःशुल्क औषधि र मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्नेलाई पोखरा लगेर निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ ।

आँखा शिवरमा हिमालयन आँखा अस्पताल पोखराका डा हरिमाया गुरुङको नेतृत्वमा छ जना प्राविधिक र बृहत् स्वास्थ्य शिविरमा डा राजेन्द्र पौडेल, डा तिलक गौतम र डा कृष्ण कँडेल लगायतका चिकित्सकले सेवा प्रदान गरिरहेका छन् । आँखा र बृहत् स्वास्थ्य शिविर मंगलबारसम्म सञ्चालन हुने जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *