डा. देवकोटाको स्वास्थ्य लाभको कामना गर्दै चिकित्सकद्धारा दीप प्रज्वलन

काठमाडौँ, ९ पुस । बेलायतमा उपचाररत बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य लाभको कामना गर्दै बरिष्ठ चिकित्सकहरुको टोलीले आज पशुपतिनाथ मन्दिर परिषरमा दीप प्रज्वलन गरेका छन् ।

बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको अगुवाईमा आज दिउसो १ बजे चिकित्सकहरुले पशुपति परिषरमा दीप प्रज्वलन गरेका हुन् ।

दीप प्रज्वलन गर्नु अघि बोल्दै डा.  रिजालले डा देवकोटाको स्वास्थ्य अवस्थाको बारेमा आधिकारिक जानकारी आई नसकेको भन्दै उनले जे जस्तो समस्या भएपनि शिघ्र स्वास्थ्य लाभको कामना गरेको बताए ।

‘सुने अनुसार गलव्लाडर र कोलेन्जीओ छेउमा केही समस्या देखिएको छ भनिएको छ । तर त्यो आधिकारिक भने होइन । हामीले थाह पाउने प्रयास गरिरहेका छौँ । तर जे जस्तो समस्या भएपनि अहिले उहाँ अस्तपालमा भर्ना हुनुभएको छ । उहाँको स्वास्थ्यमा छिटो निको होस् । यहि कामना गर्न यहाँ भेला भएका हौँ,’  डा. रिजालले भने ।

बरिष्ठ न्युरो सर्जन डा देवकोटाको अहिले बेलायतको लण्डनस्थित किंग्स कलेज हस्पिटलमा उपचार भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *