सिन्धुपाल्चोकको लिस्तीकोटमा खुल्यो सामुदायिक स्वास्थ्य इकाई
सिन्धुपाल्चोक, ७ पुस । जिल्लाकै दुर्गम स्थान मानिने भोटेकोशी गाँउ पालिका १ लिस्तीकोट, घिम्चोमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । इकाई स्थापनासंगै खोप तथा सामान्य औषधि उपचारका लागि यहाँका बासिन्दाले दिनभर खर्चेर घुम्थाङ वा लिस्ती जानुपर्ने बाध्यता टरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय समुदायको आर्थिक सहयोगमा निर्माण भएको दुई कोठे पक्की भवनमा गत ३ पुस देखि सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको हो । भवन बनाउनका लागि जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले एक लाख १० हजार र स्थानीय समुदायले त्यतिनै योगदान गरेका थिए ।
अब घिच्च्रा, बगाम, थगाम, तथा घुम्थाङका समेत गरी करीब ११० घर परिवारका ६०० बढी लाभान्वीत हुने देखिएको छ । लिस्तीकोटका पूर्व अध्यक्ष तथा समाजसेवी साङ्बु शेर्पाले बताए ।
जिल्ला स्वास्थ्यका अधिकृत रबिकान्त मिश्रको प्रमुख आतिथ्यमा गत ३ पुसमा भएको सामुदायिक स्वास्थ्य इकाई उदघाटन कार्यक्रम भोटेकोशी गाँउपालिका १ का वडाअध्यक्ष मुके शेर्पाको अध्यक्षतामा भएको थियो ।
सम्पर्क इमेल : [email protected]