रेडक्रसले ल्यायो पाँचथरमा पहिलोपटक शववाहन

पाँचथर, २० मंसिर । पाँचथरमा पहिलोपटक शववाहन ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले शववाहन ल्याएको हो ।

रु ३९ लाख पर्ने उक्त शववाहन भन्सार छुट हुँदा रु १५ लाख ७६ हजारमा आइपुगेको सोसाइटीका पाँचथर सभापति कृष्ण बास्कोटाले जानकारी दिए । उनका अनुसार निर्वतमान सांसद श्रीप्रसाद जवेगुले सांसद विकास कोषबाट दिएको रु १० लाख, फिदिम नगरपालिकाको रु तीन लाख तथा नपुग रकम जिल्ला शाखाको आन्तरिक स्रोत र ऋण सापटी गरी शववाहन ल्याइएको हो ।

उक्त शववाहन अप्राकृतिक मृत्यु भएको जस्तै आत्महत्या, दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिलाई ओसारपसार गर्न मात्रै प्रयोग गरिने रेडक्रस सोसाइटीका कार्यकारी अधिकृत गुरु तिम्सिनाले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *