प्रेमसागरले गरे १५२ पटक रक्तदान, आफ्नै रेकर्ड भंग

काठमाडौँ, १८ मंसिर । शतक रक्तदाता प्रेम सागर कर्माचार्यले १५२ पटक रक्तदान गरेका छन् । आइतबार काठमाडौँको ज्ञानेश्वरस्थित नारायण चौरमा आयोजित रक्तदान कार्यक्रममा उनले १५२ औँ पटक रक्तदान गरेका हुन् ।

आइतबारको रक्तदान संगै यसअघिको १५१औँ पटकको आफ्नै कीर्तिमान भंग भएको छ । त्यसो त हरेक तीन तीन महिनामा नछुटाई रक्तदान गर्ने कर्माचार्यको रेकर्ड हरेक तीन तीन महिनामा भंग हुँदै आएको छ ।

हाल देशमा भईरहेको रगत र रक्ततत्वहरुको अभावलाई न्युनिकरण गर्न भन्दै ज्ञानेश्वरका स्थानीय सहयोगी महिला जागरण समूहले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रममा अतिथि बनेका कर्माचार्यले आफ्नो रगत दान गरेका हुन् ।

सो अवसरमा रक्तदान सम्वन्धी कार्यमा योगदान पुरयाएको भन्दै सहयोगी महिला जागरणको तर्फबाट दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कर्माचार्यलाई कार्यक्रमका प्रमुख अतिथि बनेका लायन्स क्लव अफ एभरेष्टका लायन अम्मरबहादुर श्रेष्ठले दोसल्ला ओढाएर कर्माचार्यलाई सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा सभापतित्व गरेकी महिला जागरण समूहकी अध्यक्ष राधाकुमारी श्रेष्ठले शतक रक्तदाता कर्माचार्यलाई सम्मान गर्न पाउनु समूहका लागि खुशीको कुरा भएको बताइन । उनले रक्तदान क्षेत्रमा कर्माचार्यले अमूल्य योगदान पुराएको भन्दै नयाँ पुस्ताले सिक्नुपर्ने बताइन ।

सम्मान पछि बोल्दै कर्माचार्यले आफ्नो दायित्व झनै बढेको बताए । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्माचार्यले १८ बर्ष पछि हरेक स्वस्थ नागरिक रक्तदानका लागि योग्य हुने भन्दै रक्तदान कार्यमा लाग्न जोड दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *