एमबीबीएसको पुन: प्रवेश परीक्षा सम्पन्न, पहिले जति परीक्षार्थी आएनन्

काठमाडौँ, १६ मंसिर । गत ३ मंसिरमा रद्ध भएको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को एमबीबीएस  प्रवेश परीक्षा आज सम्पन्न भएको छ । विहान १० बजे देखि १२ बजेसम्म भएको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको आइओएमले जनाएको छ ।

काठमाडौँ र ललितपुरका गरी ६ वटा परीक्षा केन्द्रमा भएको आजको परीक्षामा अनुपस्थित हुने दर ठूलो रहेको बताइएको छ । यद्धपी कति परीक्षार्थी अनुपस्थित भए भन्ने एकिन तथ्यांक भने आइसकेको छैन ।

आइओएमका परीक्षा समिति संयोजक प्राडा राजेन्द्र गुरागाईँले प्रारम्भिक जानकारी भन्दै अनुपस्थित हुनेको संख्या तुलनात्मक रुपमा बढी रहेको बताए । तर उनले एकीन सक्या भन्न सकेनन् । ‘अहिले हामी विभिन्न केन्द्रबाट रिपोर्ट लिने क्रममा छौँ । त्यसपछि मात्रै एकीन भन्न सकिएला । अहिले नै यति संख्या अनुपस्थित भन्न सक्दैनौँ ,’ उनले भने ।

परीक्षा सबै केन्द्रमा मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको उनले बताए । गत २८ असोजको परीक्षामा इलेक्टोनिक डिभाईससहित परीक्षार्थी पक्राउ परेपछि सो परीक्षा रद्ध भएको थियो ।

आजको परीक्षामा भने निकै कडाई गरिएको थियो । आज सम्पन्न परीक्षाको नतिजा आउन केही दिन लाग्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *