आईओएमको एमबीबीएस प्रवेश परीक्षा भोली, व्यापक कडाई गरिँदै

काठमाडौँ, १५ मंसिर । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले चिटिङ प्रक्ररणमा परी रद्ध भएको एमबीबीएस प्रवेश परीक्षा शनिबार ( भोलि) पुन लिने भएको छ ।

आइओएमले गत २८ असोजमा लिएको एमबीबीएस प्रवेश परीक्षामा इलेक्ट्रोनिक डिभाईसबाट प्रयोग भएको पाइएको थियो । त्रिवि, नेपाल प्रहरीको सीआइवी र नेपाल मेडिकल काउन्सिलले गरेको छानवीनमा सो परीक्षा मर्यादा विपरित रहेको पाइएपछि आइओएमले गत ३ मंसिरमा परीक्षा रद्ध गरेको थियो । सोही परीक्षा भोलि हुन लागेको हो ।

आइओएम परीक्षा समिति संयोजक एवं सहायक डीन प्राडा राजेन्द्र गुरागाँईले ९ हजार बढी विद्यार्थीका लागि ६ वटा परीक्षा केन्द्र तय गरेको जानकारी दिए । उनले परीक्षामा यसपटक थप कडाई गर्न केही नयाँ व्यवस्था समेत लागू गरेको बताए ।

‘परीक्षा विहान १० बजे देखि १२ बजेसम्म चल्नेछ । तर विद्यार्थीहरुलाई हामीले सात बजे नै बोलाएका छौँ। हामीले हरेक परीक्षा केन्द्रमा मेटल डिटेक्ट गर्ने ‘वाक थ्रु डोर’को व्यवस्था गरेका छौँ । विद्यार्थी सो डोरबाट छिरेपछि पनि भित्र प्रहरीले शरीरको खानतलासी गर्छ । मोवाइल जस्ता डिभाईस प्रयोग गर्न नमिलोस भन्नका हरेक परीक्षा केन्द्रमा ज्यामर प्रयोग गर्र्दैछौँ,’ उनले भने ।

प्राय परीक्षामा एक घण्टा वितेपछि परीक्षार्थीलाई पिसावका लागि बाहिर निस्कन दिइने भएपनि यसपटक परीक्षार्थी त्यस्तो सुविधा पाउनेछैनन् । परीक्षाहलबाट दुईघण्टा सम्म बाहिर निस्कन पाउनेछैनन् । त्यस्तै परीक्षार्थीले गरगहना, मोवाइल, घडी लगायतका मेटल डिटेक्ट हुने बस्तुहरु लाएर वा लिएर आउन नपाउने व्यवस्था गरिएको छ ।

परीक्षा समिति संयोजक प्राडा गुरागाई भन्छन्, ‘यसपटक हामीले अलि कडा नै गरेका छौँ । योग्य व्यक्ति नै छानियोस भन्ने हाम्रो माग हो ।’
उनले परीक्षार्थीलाई मात्रै नभई अनुमगन कर्ता तथा निरीक्षकलाई पनि कडा नियम लगाइएको बताए । ‘परीक्षा हलमा प्रवेश गर्नु अघि घडी मोवाइल, पेन जस्ता सामग्रीहरु अनुगमन कर्ता तथा निरीक्षकले पनि पाउनेछैन,’ गुरागाईले भने ।

कुन कुन केन्द्रमा कति परीक्षार्थी ?

  • लिटिल एन्जल्स स्कुल हात्तिबन – २९५०
  • डिएभी कलेज ललितपुर – २२५०
  • पुल्चोक इन्जिनियरिङ क्याम्पस – १०५०
  • एडभान्स इन्जिनियरिङ कलेज कुपन्डोल – १०००
  • भानुभक्त मेमोरियल कलेज पानी पोखरी – ९६२
  • आइओएम महाराजगञ्ज – ११३८
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *