बुढानिलकण्ठमा खुल्ने भयो पाँच बेडको सिटी हस्पिटल

काठमाडौँ, १४ मंसिर । सरकारले बुढानिलकण्ठमा ५ बेडको सिटी हस्पिटल बनाउने भएको छ । स्वास्थ्य प्रवर्द्धन गर्न तथा नसर्ने रोगको जोखिम न्युनिकरण गर्न सिटी अस्पताल खोल्न लागेको हो ।

स्वास्थ्य मन्त्रालय र बुढानिलकण्ठ नगरपालिकाको साझेदारीमा बन्न लागेको सिटी अस्पतालमा उपचार भन्दा बढी स्वास्थ्य सचेतनाका कार्य हुने बताइएको छ । “यसमा  ‘क्युरेटिभ’को पाटो त छँदैछ तर पनि फोकस ‘प्रिभेन्सन’मा नै हुनेछ” काठमाडौँ जनस्वास्थ्यका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले भने ।

उनका अनुसार सिटी अस्पतालमा अस्वस्थ भन्दा पनि स्वस्थ नागरिकको जानेछन् । विरामी भईसकेपछि होइन विरामी नहुँदै स्वास्थ्य परीक्षण गर्ने थिती बसाउने हाम्रो योजना हो । उनले भने, ‘अस्पतालमा पुग्नेको व्लप्रेसर, सुगर, रगत, पिसाव, भिआइए टेष्ट, विएमआई लगायतका सबै जाँच हुनेछन् । यसले नसर्ने रोगको जोखिम पहिचान गर्न सजिलो हुनेछ ।’

प्रिफ्याव मोडलमा बनाउन लागिएको अस्पतालमा एमडीजीपी डाक्टरले नेतृत्व गर्नेछन् । अस्पतालका लागि नगरपालिकाको ४० प्रतिशत र स्वास्थ्य मन्त्रालयको ६० प्रतिशत लगानी रहने गरी सम्झौँता गरिएको छ । त्यसका लागि दुई करोड रकम छुट्याइसकिएको छ ।

‘टेण्डर भइसकेको अवस्था छ । प्रिफ्याव मोडलमा बन्ने भएकोले केही महिना भित्रै अस्पताल तयार हुनेछ,’ श्रेष्ठले भने ।

तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले शहरी क्षेत्रमा स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्ने योजना अघि सारेका थिए । सोही योजना अनुसार बुढानिलकठमा सिटी अस्पताल बन्न लागेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *