बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा, २०० नेपाली विद्यार्थी समस्यामा
काठमाडौँ, १२ मंसिर । मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेश सरकारले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मार ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थीमा पनि परेको छ । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी अध्ययनरत छन् ।
विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) र बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल (बिएम एन्ड डिसी)ले २१ वटा र नेपाल मेडिकल कलेजले थप तीनवटा कलेजमा विद्यार्थी भर्ना लिन रोक लगाएको हो ।
बंगलादेशमा मेडिकल अध्ययनका लागि प्रत्येक वर्ष चार सयको हारहारीमा नेपाली जाने गरेका छन् । अहिले बंगलादेशका २१ वटा कलेजमा अध्ययन गर्ने झन्डै दुई सय नेपाली विद्यार्थी समस्यामा परेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले जनाएको छ ।
इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार २१ वटा कलेजमा भर्ना रोक लगाए पनि अध्ययन भइसकेका विद्यार्थीलाई ठूलो समस्या नभएको बताए । इक्यानले अभिभावक तथा विद्यार्थीलाई अन्योल नभएको भन्दै बंगलादेशमा रोक लगाएका कलेजहरूको सूचीसमेत सार्वजनिक गरेको छ ।
अध्यक्ष पाण्डेले नेपालका विश्वविद्यालयहरूले लिने प्रवेश परीक्षा उत्तीर्ण गरेका तथा नेपाल मेडिकल काउन्सिलको सहमति प्राप्त गरेका विद्यार्थी अध्ययनका लागि जान सक्ने बताए । भर्नाका लागि रोक लगाएका कलेजमा भर्ना नहुन समेत इक्यानले आग्रह गरेको छ ।
भर्ना रोक लगाइएका कलेज
- आसियान मेडिकल कलेज अइची मेडिकल कलेज,
- उत्तरा ढाका वसुन्धारा एड–डिन मेडिकल कलेज
- अब्दुल हमिद मेडिकल कलेज
- ब्रह्मानबारिया मेडिकल कलेज
- युनिभर्सल मेडिकल कलेज
- केयर मेडिकल कलेज
- पार्कभ्यु मेडिकल कलेज
- युएस बंग्ला मेडिकल कलेज
- चत्ताग्राम इन्टरनेसनल मेडिकल कलेज
- विक्रमपुर भुइयान मेडिकल कलेज
- मोनोअरा सिक्देर मेडिकल कलेज
- नर्थन इन्टरनेसनल मेडिकल कलेज, धनमुन्डी,
- ढाका केयर मेडिकल कलेज,
- ढाका सहबुद्धिन मेडिकल कलेज,
- ढाका अब–दिन वसुन्धारा मेडिकल कलेज,
- ढाका साफेना डेन्टल कलेज,
- ढाका नर्थन मेडिकल कलेज,
- रंगपुर सिटी मेडिकल कलेज,
- गजिपुर नाइटिंगल मेडिकल कलेज,
- सभार बिजिसि ट्रस्ट मेडिकल कलेज, चित्तागोंग
नेपाल मेडिकल काउन्सिलले अनुमति नदिएका कलेज
- जलालाबाद रागिब–राबेया मेडिकल कलेज,
- सिल्हेत एन्ड हस्पिटल अन्डर द साहजलाल युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी,
- सिल्हेत युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चित्तागोंग (युएसटिसी)
आजको नयाँ पत्रिकामा समाचार छ ।
सम्पर्क इमेल : [email protected]