केयुबाट चिकित्सा विज्ञान तर्फका १,१९१ विद्यार्थी दीक्षित

धुलिखेल, ५ मंसिर । काठमाडौँ विश्व विद्यालयको २३ औँ दीक्षान्त समारोहका अवसरमा हिजो चिकित्सा विज्ञानअन्तर्गत विविध विषयमा स्नातकोत्तर तथा स्नातक गरेका एक हजार १९१ विद्यार्थी दीक्षित भए ।

सो अवसरमा प्रमुख अतिथि डा मोहनमान सैंजुले निजी क्षेत्रको पहलमा छुट्टै ऐनद्वारा स्थापना भएको काठमाडौं विश्वविद्यालय नेपालको उदाहरणीय विश्वविद्यालय रहिआएको बताए ।

“सरकारी लगानी पर्याप्त मात्रामा प्राप्त गर्न नसके पनि स्थापनाको अढाई दशकभित्र यस विश्वविद्यालयले भौतिक पूर्वाधार र प्राज्ञिक जनशक्तिको निर्माण गर्न सकेको छ”– डा सैंजुले भने ।

अहिले विज्ञान प्रविधिको क्षेत्रमा आएको युगान्तकारी परिवर्तनले गर्दा मानिस सोच, विचार र कार्यशैलीमा फेरिन थालेको उनले बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री एवं काठमाडौं विश्व विद्यालयका सहकुलपति गोपालमान श्रेष्ठले दीक्षित विद्यार्थीहरुलाई अविचलित भई गाउँगाउँमा सेवा गर्न जान आग्रह गरे ।

उनले काठमाडौं विश्वविद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा समेत गरे । “नेपाली जनताको घरदैलो दक्ष चिकित्सक पु¥याउन सकिरहेको छैन, त्यसको पूर्ति तपाईंहरुबाट हुनसक्ने विश्वास लिएको छु” – शिक्षामन्त्री श्रेष्ठले भने ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकण्ठ माकजु श्रेष्ठले दीक्षित विद्यार्थीहरुलाई नेतृत्व लिएर काम गर्न र परम्परालाई चुनौती दिन आग्रह गरे ।

दीक्षित हुनेमा ७३३ महिला र ४५८ पुरुष छन् । यसमा १ सय ३५ जना विदेशी नागरिक छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *