काठमाडौँ ५ का कांग्रेस उम्मेद्धार डा. महतले लिए स्वास्थ्यकर्मीसंग सल्लाह

काठमाडौँ, २ मंसिर । नेपाली कांग्रेसबाट काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधीसभा सदस्य तर्फका उम्मेदवार बनेका डा प्रकाशशरण महतले पार्टी निकट स्वास्थ्यकर्मीहरुसंग छलफल गरेका छन् ।

उनले आगामी निर्वाचनमा कसरी सफल हुने र स्वास्थ्यका एजेन्डालाई कसरी स्थापित गर्ने भन्ने बारेमा स्वास्थ्यकर्मीसंग छलफल गरेका हुन् ।

विहान बसुन्धरास्थित दियालो फुडल्याण्डमा भएको कार्यक्रममा नेपाल स्वास्थ्य व्यवसायी परिषदका अध्यक्ष रामप्रसाद भण्डारी, पूर्व रजिष्टार धनप्रसाद पौडेल, नेपाल स्वास्यकर्मी युनियनका सह अध्यक्ष ओम उपाध्याय, बीर अस्पतालका डा बद्री रिजाल, जानकी केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उनीहरुले नेपाली कांग्रेसले उठाउँदै आएको स्वास्थ्यका योजना तथा कार्यक्रमलाई समयमै टुंगोमा पुरयाउने बाताबरण मिलाउन डा महतको ध्यानाकषर्ण गराएका थिए ।

उम्मेदवार बनेका महतले कांग्रेस जनस्वास्थ्यको पक्षमा शुरु देखिनै लागेको भन्दै २०४८ साल यता स्वास्थ्यमा भएका परिवर्तनमा नेतृत्व आफ्नो पार्टीले गर्दै आएको बताए । उनले स्वास्थ्यमा देखिएका विषंगति चिर्ने र सुधारका कार्यक्रमलाई अघि बढाउने प्रतिवद्धता जनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *