दुई साता भित्र सम्झौता कार्यान्वनय गर्न डा.केसीको ‘अल्टिमेटम’
नेपाली हेल्थ/ काठमाडौँ – एक साताको समय सीमा सकिएकै दिन त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले विगतका सम्झौता कार्यान्वनय गर्न सरकारलाई थप दुई साता समय दिएका छन् । विगतका सम्झौता कार्यान्वनय नभएको र सरकारले सम्झौता विपरीतका गतिविधी गर्न लागेको भन्दै केसीले गत १५ पुसमा एक साताको समय दिएका थिए । सो को समयसीमा आज( बुधबार ) सकिदै थियो ।
केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौता कार्यान्वनय गर्ने विषयमा केही समय माग गरेकोले आफूले दुई साता समय थप गरेको बताए । नेपाली हेल्थसंग कुरा गर्दै उनले यस अवधीमा विगतका सम्झौता कार्यान्वनय नभएमा पुन आमरण अनसन बस्ने चेतावनी दिए ।
‘तीन करोड नेपालीको स्वास्थ्यको कुरा छ । यसमा कुनै कम्प्रमाइज हुनेछैन माग पुरा नभए दुई साता पछि अनसन सुरु हुन्छ ‘ डा. केसीले बताए ।
सम्पर्क इमेल : [email protected]