आइओएमको एमबीबीएस प्रवेश परीक्षा पुन: लिन प्रमुख तीन विद्यार्थी संगठनको माग

काठमाडौँ, ३० कात्तिक । प्रमुख तीन विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको एमबीबीएस प्रवेश परीक्षा पुन सञ्चालन गर्न माग गरेका छन् । बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले पुन परीक्षाको माग गरेका हुन् ।

विज्ञप्ती जारी गर्नेहरुमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियूका अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ रहेका छन् ।

उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘चिकित्साशास्त्र अध्ययन संस्थानले यस शैक्षिक सत्रमा लिएको प्रवेश परीक्षामा उत्पन्न गम्भीर त्रुटिलाई सच्याउदै तत्काल पुन परीक्षाको मिति तोक्न माग गर्दछौँ । साथै उक्त परीक्षाको छानवीन गरी दोषी पत्ता लगाई कडा भन्दा कडा कारबाही गरी परीक्षाको मर्यादा र पारदशीर्षता कायम गर्न समेत माग गर्दछौँ ।’

यसैबीच नयाँ प्रवेश परीक्षा लिने कि पुरानोलाई सदर गर्ने भन्ने बारेमा निर्णय लिन त्रिवि कार्यकारी समितिको बैठक बस्दैछ । केही बेरमा शुरु हुने बैठकले आइओएमलाई निर्देशन दिने बुझिएको छ ।

गत असोज २८ मा भएको प्रवेश परीक्षामा डिभाईस सहित परीक्षार्थी पक्राउ परेपछि यो घटना सतहमा आएको हो । प्रहरी, नेपाल मेडिकल काउन्सिल र त्रिविद्धारा गठित समितिले यो परीक्षाको छानवीन तथा अनुसन्धान गरेको थियो । उनीहरुले बुझाएको प्रतिवेदनको आधारमा अबको निर्णय हुने हो ।

छानवीन समितिको प्रतिवेदनमा प्रश्नपत्र (विहान ९ बजे पछि) एक घण्टा पछि बाहिरिएको उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *