प्रहरी अस्पतालले शुरु गर्‍यो सर्बसाधारणको उपचार

काठमाडौँ, २६ कात्तिक ।  महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालले सर्वसाधारणका लागि पनि उपचार सेवा दिने भएको छ । स्थापनाको ३४ बर्षपछि प्रहरी अस्पतालले सर्वसाधारणका लागि पनि उपचार सेवा दिने भएको हो ।

प्रहरी र तिनका आश्रित परिबारको सहज उपचारका लागि भन्दै यो अस्पताल विसं २०४० सालमा स्थापना गरिएको थियो । यो अस्पतालबाट अहिले पनि दैनिक रुपमा ५ सय देखि एक हजार जना विरामीले उपचार सेवा लिदै आएका छन् ।

अस्पतालले आज देखि हरेक दिन दिउसो साढे १ देखि ३ बजेसम्म सर्वसाधारणका लागि ओपिडी सेवा शुरु गर्ने अस्पतालका प्रमुख एआइजी डा. दिनेशचन्द्र पोखरेलले बताए ।

उनले भने आज देखि हामीले दिउसो साढे १ देखि ३ बजे सम्म सर्वसाधरणको लागि ओपिडी खुल्ला गरेका छौँ हरेक दिन विहान ८ बजे देखि प्रहरी र तिनका परिवारको लागि ओपिडी सेवा खुल्ला रहनेछ ।

हाल अस्पतालले सर्वसाधरणको लागी पुरुष र महिलालाई १० १० वटा जनरल वेड, ८ वटा इमर्जेन्सी वेड र ४ वटा पोष्ट अप्रेशन वेड छुट्याएको छ । अस्पताल प्रमुख डा पोखरेलले आवश्यकताको आधारमा सो संख्या बढाइने बताए ।

वाहालवाला प्रहरी कर्मचारीलाई नि शुल्क उपचार सेवा दिदै आएको अस्पतालले सर्वसाधरणलाई भने न्युन शुल्कमा उपचार सेवा प्रदान गर्ने उनले बताए ।

उनले भने ‘हाल वहालवला प्रहरीको लागि निशुल्क उपचार सेवा हुदै आएको छ भने, अन्यको लागि न्युन शुल्कमा उचार हुँदै आएको छ। यसरी नै हामीले सर्वसाधरणको लागि अन्य सरकारी असपताल सरह न्युन शुल्कमा उपचार सेवा प्रदान गर्ने छौँ।’

‘हाम्रो सेवालाई आम सर्वसाधरणले मन पराएर विरामीको संख्या बढेमा हालको जनशक्ती अपुग हुनसक्छ। यसमा सम्मबन्धित निकायले जनशक्ति बढाउनु पर्ने हुन्छ,’ डा. पोखरेलले भने ।

हाल १ सय ५० वटा वेड रहेको अस्पतालमा १ सय २३ जना चिकित्सक र ५८ जना विशेषज्ञ चिकित्स कार्यरत रहेका छन्। दैनिक ५ सय देखि १०० जना सम्म प्रहरी , तीनका आश्रित परिवार र अमर प्रहरी परिवारले सेवा लिदै आएका छन्। हाल अस्पतालमा न्युरो र मुटु सर्जरी बाहेक सम्पुर्ण उपचार सेवा हुदै आएको जस्पतालले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *