गण्डकी मेडिकल कलेजमा भएको तोडफोड प्रति ‘डक्टर सोसाइटी’को आपत्ति

काठमाडौँ, २१ कात्तिक । डक्टर सोसाइटी अफ नेपालले गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै तोडफोड उत्रने माथि कारबाही गर्न माग गरेको छ ।सोसाइटीले आज विज्ञप्ती जारी गर्दै विना धरौटी हिरासतमा राख्ने नियम (जेल वीथ आउट बेल) अविलम्व लागू गर्न माग गरेको छ ।

गत ११ कात्तिकमा सुत्केरी हुन आएकी स्याङ्जा अर्जुनचौपारीकी गिता अर्यालयको सुत्केरी भएको एक साता पछि गत शुक्रबार मृत्यु भएको थियो । त्यस यता परिवार तथा आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आन्दोलन गर्दै आएका छन् । सोही क्रममा गत आइतबार अपरान्ह एक हुल जत्थाले अस्पतालमा आक्रमण गरी झ्यालका सिसा तथा कम्युटर फुटालेको थियो । सो जत्थाले चिकित्सक नर्स तथा स्वास्थ्यकर्मी माथि समेत अभद्र व्यवहार गरेको थियो ।

सोसाइटीका महासचिव डा तोसीमा कार्कीद्धारा जारी विज्ञप्तीमा अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा टायर बालने र तोडफोड गर्ने मात्र हैन मृत शरिरलाई आइसियूबाट बाट निकाल्न नदिएर गल्दै गएको मृत शरिरलाई जबरजस्ती अस्पतालमै राख्न लगाउने जस्तो अमानविय काम भन्दै यसले अस्पताल व्यवस्थापन र स्वास्थ्यकर्मी मात्र नभएर उपचाररत सर्वसाधारणहरू समेत उपचार पाउने मौलिक हकबाट कुन्ठित भएका उल्लेख गरेको छ ।

हेरौँ विज्ञप्ती

पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मिती ११/०७/२०७४ मा शल्यक्रिया गरिएकी श्रिमती गीता अर्यालको उपचारको क्रममा मिती १७/०७/२०७४ मा भएको निजको मृत्यु पश्चात अस्पताल हाताभित्र विकसित तनावपूर्ण घटनाक्रमले हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।

श्रीमती गीता अर्यालको मृत्यु प्रति यस संस्था हार्दिक समवेदना व्यक्त गर्दछ र शोकसन्तप्त परिवारलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति दिओस् भनेर कामना गर्दछ। तर यस्तो दुस्खद घडीमा पनि खेद वक्तव्य निकाल्नु पर्ने विवशता आज हामी सामु आइपुगेकोछ।

यस घटनाक्रममा चिकत्सकिय लापरवाही भएको हो हैन भनेर कुनै छानविन पूर्व नै मृतकका आफन्त भनिने भिडले मिती १७/०७/२०७४ मा अस्पतालमा जबरजस्ती तालावन्दी गरी चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूलाई धम्काउने निन्दनिय कार्य गरी नियमित सेवा प्रवाहमा अबरोध भए पछि मिती १९/०७/२०६४मा जिल्ला प्रशासनको रोहबरमा मा वार्ता भई चिकित्सकिय उपचारको स्वतन्त्र न्यायिक छानविन गरिने सहमित भइसके पछि पनि बिरामीको आफन्त बताउने भिडले गण्डकी कलेजको अस्पताल र प्रशासनमा लाखौं लाखको क्षति पुग्ने गरी तोडफोड गरेका छन्।

अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा टायर बालने र तोडफोड गर्ने मात्र हैन मृत शरिरलाई ICU बाट निकाल्न नदिएर गल्दै गएको मृत शरिरलाई जबरजस्ती अस्पतालमै राख्न लगाउने जस्तो अमानविय काम भएको छ। यसले अस्पताल व्यवस्थापन र स्व्स्थ्यकर्मी मात्र नभएर उपचाररत सर्वसाधारणहरू समेत उपचार पाउने मौलिक हकबाट कुन्ठित भएका छन्।

सो घटनाक्रममा भएको आक्रमण तथा तोडफोडका सम्पूर्ण प्रमाणहरु अस्पताल प्रशासनले जिल्ला प्रशासन कार्यलय, कास्कीमा पेश गर्दा समेत उक्त निकायबाट सुरक्षाको प्रत्याभुति नदिइएको र दिन नसकिने जानकारी गराईएकोले सरकार निकायहरुको गैरजिम्मेवारिपन प्रष्ट देखिन्छ। यसरी राज्य मौन बसेर चिकित्सकिय क्षेत्रमा भइरहेको आक्रमणको मुकदर्शक बनिदिदा आज चिकित्सकिय जगत माथीको आक्रमणले सम्पूर्ण पराकाष्ठा पार गरेको छ।

पछिल्लो समयमा चिकित्सकिय जगतमा बढ्दो आक्रमणको बावजुत दिनरात ओहरात्र बिरामीको सेवामा खट्टिने मात्र नभएर न्यायिक छानबिन द्वारा चिकित्सिकिय लापरवाही भएको प्रमाणित भए दण्डित हुन तयार छु भन्दा भन्दै पनि विज्ञ छानविन बिना नै भिडले चिकित्सकिय लापरवाहीको दाबी गर्ने, हुल हुज्जत र धम्कीकै भरमा लुट्ने र क्षतिपुर्तीको नाममा लासको व्यापार गर्ने प्रवृत्ति प्रति हाम्रो समाज घोर भर्त्सना गर्दछ र अनैतिक वितण्डा मच्चाई स्वास्थ्य केन्द्रलाई त्राहि त्राहि पार्ने ति दोषीहरु माथी कडा कारवाहिको माग गर्दछ।

यस्ता अनैतिक प्रवृत्ती अविल्म्ब रोकिन जरूरी छ नत्र यसले कालान्तर भविष्यमा समग्र स्वास्थ्य क्षेत्रमा नै अपुरणिय क्षति पुर्याउन सक्छ भन्ने हाम्रो ठहर छ । तसर्थ स्वास्थ्य सेवामा सुरक्षाको पर्त्याभुति स्थापीत गरि स्वास्थ्य क्षेत्रलाई हिंसा मुक्त बनाउन आवश्यक पहल गरियोस् साथै हालै नेपाल चिकित्सक संघ सँग भएको नेपाल सरकारको सम्झौता अनुरुप स्वास्थ्यकर्मी हरुको सुरक्षाका निमित्त Jail with out bill को कानुन निसर्त अबिलम्ब लागु गरियोस् भनि हामी राज्य र अन्य समग्र सम्बन्धित पक्षहरुसँग जोडदार माग गर्दछौँ।

डा. तोसीमा कार्की

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *