काठमाडौँ नेशनललाई सिट तोक्न प्रक्रिया अघि बढाउन निर्देशन

काठमाडौँ, २० कात्तिक । सर्बोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको भन्दै शिक्षा मन्त्रालयले आवश्यक कार्य अघि बढाउन नेपाल मेडिकल काउन्सिललाई निर्देशन दिएको छ । काउन्सिलले यस विषयमा औपचारिक छलफल मंगलबार मात्रै हुने जनाएको छ ।

गत १२ साउनमा त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले सम्वन्धन दिने निर्णय गरेको थियो । सो निर्णयको चौतर्फी आलोचना भएपछि त्रिविले ४० दिन पछि आफ्नै निर्णय उल्ट्याउदै सम्वन्धन खारेज गर्ने निर्णय गरेको थियो ।

त्रिविको सो निर्णय विरुद्ध कलेज सञ्चालक प्राडा जैनुद्धिन अन्सारीले सर्बोच्चमा रिट दायर गरेका थिए । सर्बोच्चले गत ८ कात्तिकमा सम्वन्धन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सम्बन्धन खारेज गर्ने निर्णय कार्यान्वनय नभएपछि शिक्षा मन्त्रालयले गत १५ कात्तिकमै पत्र लेखि सम्वन्धन पछिका प्रक्रिया अघि बढाउन काउन्सिललाई निर्देशन दिएको हो । यद्धपी पत्र पाँच दिन पछि अर्थात आज मात्रै काउन्सिल पुगेको छ ।

काउन्सिल प्रवक्ता डा दिलीप शर्माले आज ४ बजेपछि मात्रै पत्र आएको थाह पाएको भन्दै भोलि यस विषयमा थप छलफल हुने बताए ।

उनले भने, ‘मैले पनि अघि भर्खर थाह पाएको छु । पत्र दर्ता पनि भइसकेको छैन । भोली दर्ता होला र यस विषयमा छलफल होला । पत्रको आशय कलेजका लागि सिट तोक्न निरीक्षणमा जाउ भन्ने खालको छ । त्यसका लागि बोर्ड बैठक बसी आवश्यक निर्णय हुन्छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *