एक साता भित्र अध्यादेश प्रमाणिकरण नभए अनशन : डा. केसी

काठमाडौँ, २० कात्तिक । चिकित्सा शिक्षा ऐनको अध्यादेश प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आलटाल गरेको भन्दै डा गोविन्द केसीले असन्तुष्टि जनाएका छन् । उनले अबको एक साता भित्र सो अध्यादेश प्रमाणिकरण नगरे पुन अनशन बस्ने चेतावनी दिएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गर्दै डा केसीले चिकित्सा शिक्षा विधेयक यतिका लामो समयसम्म प्रमाणिकरण रोकिनुमा शंका रहेको भन्दै यसलाई दुर गर्न प्रमाणिकरण तत्काल गर्नुपर्ने बताए ।

सर्बोच्च अदालतका पछिल्ला आदेशहरु माफियाहरुको पक्षमा रहेको भन्दै यस विरुद्ध पनि आफ्नो सर्घष जारी रहने बताए । उनले त्रिवि पदाधिकारीहरुले माफियाको पक्षमा प्रभाव पार्न गतिविधिहरु गरेको समेत आरोप लगाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *