भर्खरै जन्मेको शिशुमा देखिने जण्डिसको व्यवस्थापन यसरी गरौँ
कसरी थाह पाउने ?
निधार, नाक, हात तथा पैतलामा बुढी औलाले ५ सेकेण्ड सम्म थिच्ने र छाडने । यदि पहेलो पना देखिन्छ भने र तुरुन्तै बिलाउदैन भने त्यो बच्चालाई जण्डिस भएको हुनसक्छ ।
सामान्य र कडा जण्डिस कसरी छुट्याउने ?
यदि पहेलोपना हात खुट्टामा छैन तथा बच्चाको उमेर २ देखी १४ दिनको छ भने त्यो सामान्य जण्डिस हुनसक्छ । तर यदि पहेलोपना पुरै शरीर ( हात खुट्टामा ) भरि फैलिएको तथा बच्चाको उमेर १ दिन वा १४ दिन भन्दा बढी भएको खण्डमा यो कडा जण्डिस हो रहेछ भनेर जान्नुपर्छ ।
त्यो पनि थाह भयो अब के गर्ने ?
यदि सामान्य जण्डिस रहेछ भने बच्चालाई विहानको कलिलो घाममा आँखा छोपेर राख्ने । स्तनपान पनि सकेसम्म बढी गराउने । तर यदि जण्डिस कडा रहेछ भने तत्कालै अस्पताल पुरयाउने वा विशेषज्ञ डाक्टरको सल्लाह लिने ।
आमाले आफ्नो बच्चालाई मायाको अंगालो ( नाङ्गो छातीमा टासेर न्यानो पार्ने तरिका) मा राख्ने । पटक पटक स्तनपान गराउने ।
सम्पर्क इमेल : [email protected]