‘इलेक्ट्रोनिक’ ल्याप्चे र हस्ताक्षरबाट चिकित्सकको ‘रेकर्ड’ राख्दै मेडिकल काउन्सिल

काठमाडौँ, १२ कात्तिक । नेपाल मेडिकल काउन्सिलले प्रत्येक चिकित्सकको ‘इलेक्ट्रोनिक’ ल्याप्चे (हस्तरेखा) र हस्ताक्षर गर्न लगाएर विवरण राख्न शुरु गरेको छ ।

चिकित्सकहरुको हस्ताक्षर तथा ल्याप्चे बास्तविकता भन्दा फरक भेटिएपछि यथार्त विवरणका लागि यस्तो जुक्ती अपनाएको हो ।

काउन्सिलले पहिलो चरणमा मेडिकल कलेजमा कार्यरत प्राध्यपक तथा चिकित्सकहरुकोे इलेक्ट्रोनिक ल्याप्चे तथा हस्ताक्षरको विवरण संकलन गर्दैछ । त्यसपछि अन्य चिकित्सकहरुको त्यसरी विवरण संकलन हुने काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले जानकारी दिए ।

काउन्सिलले इलेक्ट्रोनिक ल्याप्चे तथा हस्ताक्षर लिने कार्यको थालनी नेपालगञ्ज मेडिकल कलेजबाट आज शुरु गर्दैछ । त्यसका लागि डा. अधिकारीको नेतृत्वमा काउन्सिल सदस्यहरु डा. अंकुर साह र डा. कालुसिंह खत्री नेपालगञ्ज पुगिसकेका छन् ।

‘खासमा डाक्टरहरुको विवरण नदोहोरियोस भन्ने उदेश्यले यस्तो जुक्ति अपनाइएको हो । कतिपय मेडिकल कलेजका फ्याकल्टीहरुमा नक्कली चिकित्सक तथा प्राध्यापक कार्यरत रहेको देखियो । यसो नहोस भन्नका लागि हामी इलेक्ट्रोनिक ल्याप्चे र हस्ताक्षरको नमूना संकलन गर्न थालेका हौँ,’ डा. अधिकारीले भने ।

उनले नेपाल मेडिकल काउन्सिलको दर्ता परीक्षा उत्तीर्ण गरेका हरेक चिकित्सकको बैज्ञानिक ढंगबाट बिबरण राख्न काउन्सिलले सफ्टवेर निर्माण गरिरहेको भन्दै त्यसमा चिकित्सकको एसएलसी देखि कहाँ अध्ययन गरेको ? कति प्रतिशत अंक आएको ? कहाँ कार्यरत ? कतिवटा आर्टिकल लेखेको ? सीपीडीको अवस्था आदि बारेमा समेत जानकारी रहने बताए ।

उनले यो विवरण राखेसंगै मेडिकल कलेजहरुमा फयाकल्टीहरु नदोहोरिने, चिकित्सकहरुको एकीन विवरण आउने दावी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *