पोखरामा भयो स्तन क्यान्सर सम्वन्धी बृहत सचेतना ऱ्याली

पोखरा, १२ कात्तिक । स्तन क्यान्सर सम्बन्धि बृहत सचेतना ऱ्याली  सम्पन्न भएको छ । स्तन क्यान्सरका बारे सचेतना जगाउन शनिबार बिहान पोखरा सभागृहबाट शुरु भएको ऱ्याली  न्युरोड चिप्लेढुंगा महेन्द्रनपुल, नयाँबजार, पृथ्वीचोक हुदै पुन सभागृहमा आएर कोणसभामा परिणत भएको थियो ।

ऱ्यालीमा जुम्बा नाच सहितका सचेतनामुलक कार्यक्रम भएको थियो । स्तन क्यान्सरबाट बचौँ र बचाऔँ भन्ने नराकासाथ आयोजना भएको सो ऱ्यालीमा स्थानीयहरुको उल्लेख्य सहभातिता रहेको थियो ।

ऱ्याली  पछि आयोजित कोणसभामा बोल्दै व्रेष्ट क्यान्सर फाउण्डेशनकी अध्यक्ष डा. सुजिता हिराचनले महिलाहरुले तीन किसिमबाट स्नत क्यान्सरको परिक्षण घरमै गर्न सकिने बताइन  ।

डा. हिराचनले क्यान्सर सम्बन्धि सामान्य जानकारी भए पनि क्यान्सरबाट बच्न सकिने भन्दै उनले प्रत्येक महिना महिलाले आफ्नो स्तनलाई ऐना अगाडी उभिएर छाम्ने, नुहाउँदाखेरी छाम्ने वा सुत्ने बेलामा छामेर क्यान्सर पत्ता लगाउन सकिने जानकारी दिइन  ।

कार्यक्रममा पोखरा उपमहानगरका मेएर मानबहादुर जिसी, लायन्स क्लब अफ डिस्टक ३२५ विका गर्भनर धनराज आचार्य लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा विभिन्न सामाजिक संघसस्थाका प्रतिनीधि, विद्यार्थी, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *