रक्तदान सम्वन्धी राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न

काठमाडौँ, ३० असोज । ब्लड डोनर्स एसोसिएशन नेपाल (ब्लोदान) व्लड डोनर्स अमेरिका (बीडीए) र इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स (आइएनबीडी)ले संयुक्त रुपमा आयोजना गरेको विद्यालयस्तरीय रक्तदानसम्वन्धी राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ ।

गत शनिबार काठमाडौँकोभृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा सम्पन्न उक्त प्रतियोगितामा विजयी प्रतियोगीहरुलाई स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रमका संयोजक मचाकाजी महर्जनका अनुसार उक्त प्रतियोगितामा राम मावि पाख्रीबास, धनकुटाकी कुसुम रिजाल प्रथम, करुणानिधि एजुकेशन फाउन्डेशन पोखराका विक्रम परियार दोस्रो, रिपुमर्दिनी सैनिक मावि बाँसबारीका आशिष पन्त तेस्रो भएका छन् ।

त्यस्तै कपिलाकोट उच्च मावि सिन्धुलीका रुपक तामाड्ड चौथो तथा देवी मावि झापाकी अनुज्ञा रेग्मी पाँचौं भएका भएका छन् । कार्यक्रममा सहभागी भएका अरु दश जना विद्यार्थीहरुले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितमा पहिलो देखि पाँच हुनेसम्ममलाई क्रमश २५ हजार, २० हजार , १५ हजार १० हजार र ७ हजार ५ सय रुपैयाँ नगर र प्रमाणपत्र उपलव्ध गराइएको थियो ।

पुरस्कार वितरण पछि बोल्दै स्वास्थ्य राज्यमन्त्री यादवज्यूले रक्तदानको क्षेत्रमा युवाहरुको भुमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रमका सभापति रहेका ब्लोदानका कार्यवाहक सभापति रजनी श्रेष्ठले ब्लोदानले विगत अढाई दशकदेखि स्वयंसेवी रक्तदानको क्षेत्रमा आफ्नो क्षमताले भ्याएसम्म कार्य गर्दै आएरको र यस कार्यक्रमबाट युवावर्गहरुलाई रक्तदान सम्बन्धी जनचेतना जगाउने कार्य भएको बताए ।

कार्यक्रममा ब्लोदानका केन्द्रीय कोषाध्यक्ष तथा ब्लोदानका तर्फबाट कार्यक्रम संयोजक मचाकाजी महर्जनले विजेता विद्यार्थीहरुलाई बधाई दिनुका साथै कार्यक्रम आयोजक, सहयोगीहरु, निर्णायक समिति तथा उपस्थित महानुभावहरुमा धन्यवाद दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झा, वरिष्ठ कन्सलटेन्ट प्योथोलजिष्ट तथा रक्तसंचार व्यूरोका संयोजक डा. रेखा मानन्धर श्रेष्ठ, बिडिएका अध्यक्ष डा. नन्द रेग्मी, कोषाध्यक्ष रेशम घर्ती, केन्द्रीय रक्तसंचार सेवाका निर्देशक डा. मनिता राजकर्णिकार, आइएनबिडिका महासचिव निरञ्जन पौडेल, ब्लोदानका वरिष्ठ सल्लाहकार लोकनारायण सुवेदी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा कक्षा ८ ९ र १० का विद्यार्थीहरुलाई सहभागी हुन भनिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *