नर्सिङ युनियनको तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौँ, ३० असोज । नेपाल कांग्रेस निकटको नेपाल नर्सिङ युनियनले आउदै गरेको तिहार र त्यसपछिको निर्वाचनलाई लक्षित गरी शुभकामना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । आइतबार बीर अस्पतालमा भएको कार्यक्रममा युनियन आवद्ध नर्स तथा स्वास्थ्यकर्मी युनियनका प्रतिनिधीहरुको सहभागिता थियो ।

कार्यक्रममा युनियनका अध्यक्ष जानकी केसीले तिहारको शुभकामना दिंर्दै नजिकिएको निर्वाचनमा युनियनका तर्फबाट खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराएकी थिइन ।केसी आफै पनि आउँदो निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक तर्फ सिफारिसमा परेकी छन् । कार्यक्रममा उनले नर्सिङ हक हितको बारेमा युनियनको धारणाका बारेमा विचार व्यक्त गरेकी थिइन ।

कार्यक्रममा सहभागी हुन पुगेका नेपाल स्वास्थ्यकर्मी संघका सह अध्यक्ष ओम उपाध्यायले तिहारको शुभकामना दिँदै नर्सिङ युनियनले खेल्लुपर्ने भूमिकाको बारेमा आफ्ना विचार राखेका थिए । उनले आउँदो निर्वाचनका लागि नर्सिङ समूहतर्फबाट उम्मेदवारको सिफारिसमा परेका व्यक्तिहरुलाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा युनियनका महासचिव मित्र देवकोटा, ब्रिन्दा शर्मा, गोमा निरौला, मिना पुन लगायतले बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *