प्रधानमन्त्री ओलीको बालुवाटारमै दन्त परीक्षण
नेपाली हेल्थ/काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार बालुवाटारमै मुख स्वास्थ्य परीक्षण तथा दाँतको उपचार भएको छ । बसुन्धरास्थित कान्तिपुर डेण्टल कलेज शिक्षण अस्पतालबाट खटिएको चिकित्सकहरुको टोलीले ओलीको बालुवाटारमै परीक्षण र उपचार गरेको हो ।
अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठको नेतृत्वमा अत्याधुनिक मोवाइल डेन्टल भ्यान सहित पुगेको चिकित्सकको टोलीले विहान १० देखी १२ बजेसम्म ओलीको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो ।
परीक्षणका क्रममा चिकित्सकहरुले प्रधानमन्त्री ओलीको माथिल्लो भागको दाँया पट्टीको दुईवटा बंगराको एक्सरे समेत गरेका थिए । त्यस्तै दाँतको सफाई, माथिपट्टीको दाहिने बंगरा र तल पट्टीको देब्रे बंगरामा फिलिङ समेत गरेका थिए ।
उपचारमा सहभागी चिकित्सकका अनुसार ओलीको चारवटा बंगरा दाँत किराले खाएको छ । ती मध्ये एउटा बंगरा भने निकाल्नै पर्ने अवस्थामा पुगेको छ । प्रधानमन्त्रीले उपयुक्त समय मिलाएर दाँत उखल्ने बताएका छन् ।
चिकित्सक टोलीको नेतृत्व गरेका डा श्रेष्ठले प्रधानमन्त्री मुख स्वास्थ्यमा निकै सचेत रहेको बताए । उनले अर्को पटक कान्तिपुरमै आएर दन्त परीक्षण गर्ने बतााएको समेत जानकारी दिए ।
बालुवाटारमै ओलीको उपचार गर्न हस्पिटलबाट डा. श्रेष्ठको नेतृत्वमा ओरल मेडिसिन एण्ड रेडियोलोजिष्ट डा. अंकित साह, इन्डोडोन्टिस्ट डा. सन्ध्या श्रेष्ठ, पेरियोडोन्टिस्ट डा. सुजया गुप्ता सहित केही असिस्टेन्सको टोली पुगेको थियो । प्रधानमन्त्री ओलीले गतवर्ष पनि कान्तिपुर डेन्टलमा गई दन्त परीक्षण तथा उपचार गराएका थिए ।
सम्पर्क इमेल : [email protected]
तत्कालिन राष्ट्रपति दाँत जाच्न बीर अस्पताल जान्थे क्यारे अहिलेका प्रधानमन्त्रीलाई ओच्छयानमै डाक्टर चाहिने ..