चिकित्सक संघको सम्झौता प्रति डक्टर्स सोसाइटीको पनि बिरोध

काठमाडौं,१५ असोज । नेपाल चिकित्सक संघ ‘एनएमए’ ले दशैंको अघिल्लो सरकारसंग गरेको चार बुँदे सम्झौँता समग्र चिकित्सक माथिको घात हो भन्दै डक्टर्स सोसाइटी अफ नेपालले आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

अध्यक्ष कालुसिंह खत्री र महासचिव तोसीमा कार्कीद्धारा जारी विज्ञप्तीमा चिकित्सकमाथिको दुव्यवहार तथा आक्रमण नियन्त्रण गर्न विना धरौटी जेल चलान गर्ने नियम (जेल वीथ आउट बेल), चिकित्सकहरुको मारिश्रमिक बृद्धि लगायतका मागलाई वेवास्ता गर्दै बहुसंख्यक चिकित्सकको विरोधका बाबजुत ५ प्रतिशत कर हटाउने र ६५ बर्ष उमेर हद बनाउने सम्झौता गरेको भन्दै विरोध गरेको हो ।

सरकारले लापरबाहीपूर्वक उपचार गरे क्षतिपूर्ति चिकित्सक बाटै भराउने नियम बनाउने निर्णय गरेपछि एनएमए सहित देशभरका चिकित्सकहरु आन्दोलित भएका थिए ।

एनएमएकै आवहानमा एक साता देखि अस्पताल सेवा समेत ठप्प थियो । गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सरकारसंग ४ बुदेँ सम्झौँता गर्दै एनएमएले आन्दोलका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

एनएमएको सो सम्झौँता गरे लगत्तै सरकारी चिकित्सक संघ गोदानले समेत विज्ञप्ती जारी गर्दै आन्दोलन जारी रहने बताइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *