केयुद्धारा एमबीबीएस र बीडीएसको सिट निर्धारण (सूची सहित)

काठमाडौँ, १ असोज । काठमाडौँ विश्वविद्यालयले यस शैक्षिक सत्रमा भर्ना लिन आफ्ना आंगिक तथा सम्वन्धन प्राप्त मेडिकल तथा डेन्टल कलेजलाई सिट तोकिएको छ । एमबीबीएस तथा बीडीएसमा भर्ना हुन लिइएको प्रवेश परीक्षा सार्वजनिक गर्नु अघि नै केयुले कलेजहरुको सिट तोकि सार्वजनिक गरेको हो ।

यसपटक एमबीबीएसमा अधिकतम १०० र बीडीएसमा अधिकतम ५० सिट राखिएको छ । एमबीबीएस तर्फ यसबर्ष विराटनगरस्थित नोबेल मेडिकल कलेजको गतवर्ष भन्दा २५ सिट घटेको छ ।

गतवर्ष ११५ सिट पाएको नोवेलको यसपटक ९० सिट दिइएको छ । गतवर्ष ७५ सिट पाएको विराट मेडिकल कलेजले यसपटक ६५ सिट पाएको छ । तर गतवर्ष २४ सिट पाएको बुटवलस्थि देवदह मेडिकल कलेजले ४० सिट पाएको छ । गतवर्ष ११५ सिट पाएका अधिकांशको सिट १०० मा झरेको छ ।

यता बीडीएस तर्फ कान्तिपुर डेन्टल कलेज,काठमाडौँ युनिर्भसिटी धुलिखेल, काठमाडौ मेडिकल कलेज, नेपाल मेडिकल कलेजले समान ५० सिट पाएका छन् । यता नोवेल मेडिकल कलेजले ३० र कलेज अफ मेडिकल साइन्सेजले ३५ सिट पाएका छन् ।

एमबीबीएस तथा बीडीएसको प्रवेश परीक्षामा ८ हजार बढीको सहभागिता भएपनि ५० प्रतिशत बढी अंक ल्याइ उतिर्ण हुनेको संख्या ४ हजार ३२६ मात्रै छ ।

नाम निस्किएकाहरुलाई केयुले अगामी बुधबार देखि काउन्सिलिङ लिने तयारी गरेको छ ।

प्रवेश परीक्षाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *