कपिलवस्तुमा एचआइभी संक्रमित बिरामी बढे

कपिलवस्तु, ३१ भदौ । कपिलवस्तु जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढेको छ ।

हिजोआज एचआइभी संक्रमित विस्तारै खुल्न थालेपछि एचआइभी संक्रमित बिरामीको संख्या बढ्न थालेको हो ।
आर्थिक वर्ष २०७३/७४ मा एक सय तीनजना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो वर्षको तुलनामा ५२ जना एचआइभी संक्रमित थपिएका हुन् ।

आव ०७२/७३ मा जम्मा ५१ जना एचआइभी संक्रमित रहेको यस जिल्लामा त्यो संख्या बढेर अहिले भएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका तथ्यांक सहायक राजन पहाडीले जानकारी दिए ।

खुला सिमानाको फाइदा उठाउँदै भारतका विभिन्न स्थानमा जाने र नेपाल फर्किने गर्दा संक्रमित बढेका साथै गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन थालेपछि पनि पछिल्लो समय उनीहरु गाउँ समाजमा खुल्न थालेको उनले बताए ।

जिल्लामा हाल ३५२ जनाले एआरटी औषधि लिइरहेको पहाडीले जानकारी दिए । भित्रभित्रै समाजको डर र लाजका कारण रोग लुकाएर बसिरहेका एचआइभी संक्रमित अहिले स्वास्थ्य संस्थामा नै परामर्श तथा उपचारका लागि जाने क्रम बढ्न थालेको पहाडीको भनाइ छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *