उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ दाँतको उपचार गर्न केडीसीमा

काठमाडौँ, १४ भदौ । केही दिन यता उपप्रधान तथा शिक्षामन्त्री गोपाल मान श्रेष्ठलाई दाँत दुख्ने समस्याले सताएको छ । असैह दुखेपछि उपचारका लागि उनी मंगलबार दिउसो बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल पुगेका थिए ।

त्यहाँ उनको उपचार दन्त रोग विशेषज्ञ डा. अंकित साहको टोलीले गरेको थियो । ‘खासमा उहाँको दुई खालको समस्या देखियो एउटा किरा लाग्ने र अर्को गिजामा समस्या । ती दुबैको उपचार गरेका हौँ ,’ डा. साहले  भने ।

त्यसो त मन्त्री  श्रेष्ठले केही बर्ष अघि   ब्रिज हालेका थिए । अहिले त्यहि ब्रिजमा समेत समस्या देखा परेको बताइएको छ । उनको बुद्धि बंगरामा समेत किरा लागेको छ । र केही दाँत हल्लिएको छ ।

‘उमेर बढदै जाँदा आम नेपालीमा देखिने समस्या हो । र हामीले सो समस्या तत्कालका लागि समाधान गरेका छौँ । केही समय पछि केही दाँतहरु निकाल्न पर्न पनि सक्छ,’ डा. साहले  भने ।

चार दिन अघि कान्तिपुर आई सामान्य चेकअप गराएका मन्त्री श्रेष्ठले हिजो दोस्रो पटक थप उपचारका लागि कान्तिपुर पुगेका थिए । त्यसबेला मन्त्री श्रेष्ठले अस्पताल भवनको निरीक्षण समेत गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *