स्वास्थ्य मन्त्रालयको वेव साइटमा राज्यमन्त्री अटाएनन् ?

काठमाडौँ, १३ भदौ । रामसिंह यादव स्वास्थ्य मन्त्री नियुक्त भई पदवहाली गरेको आज १० दिन भयो । तर, स्वास्थ्य मन्त्रालयको वेव साइटमा उनको बारेमा कुनै जानकारी छैन् ।

मन्त्रालयको वेव साइट मा स्वास्थ्य मन्त्रालयको नेतृत्व भनेर स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्य सचिव डा किरण रेग्मीमो मात्रै फोटो राखिएको छ ।

वेवको तलपट्टीको भाग विपन्न नागरिक उपचार कोष सम्वन्धी जानकारीको कोलम राखिएको छ । तर त्यसमा पनि पुरानो निर्देशिका भएका कारण जानकारी लिने पाठकहरु अलमल हुनेछ ।

त्यसमा मिर्गौला फेल भएकाहरुले दुई बर्षसम्म डायलासिस सुविधा पाउने उल्लेख छ । तर गत कात्तिक देखि नै सरकारले सुचीकृत अस्पतालमा हेमोडायलासिस आजिवन निशुल्क गरिसकेको छ । डायलासिस मात्रै होइन मिर्गौला प्रत्यारोपण समेत निशुल्क गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा श्रीकृष्ण गिरीले वेव अपडेडको बारेमा आफ्नो ध्यान अहिलेसम्म नपुगेको भन्दै अब भने यसविषयलाई तत्काल समाधान गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *