स्वास्थ्य मन्त्री पोखरेल अस्वस्थ, वीरको भिआईपी कक्षमा उपचार हुँदै 

 काठमाडौँ, ११ भदौ । गम्भीर अस्वस्थ भएका स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलको आजबाट वीर अस्पतालमा उपचार सुरु भएको छ ।

केही दिन यता देखापरेको ज्वरो निको नभएपछि उनी हिजो विहानै बानेश्वरस्थित भरोसा अस्पताल पुगेका थिए ।

त्यहाँ  सामान्य स्वास्थ्य परीक्षणपछि घरमै गएर आराम गरेका थिए । तर निको नभएपछि आज बीरमा पुगेका हुन् ।

आजबाट उनको वीरको भीआईपी कक्षमा उनको उपचार भईरहेको छ ।

तराईको आएको बाढी पछि प्रभावितहरुको उपचार उद्धार तथा राहतमा सक्रिय थिए । सोही क्रममा उनी अस्वस्थ भएको उनको निजी सचिवालयले जनाएको छ ।

बीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले केही दिन देखि रुघा खोकी तथा ज्वरोको समस्या भोगेका मन्त्री पोखरेललाई निमोनिया र टाइफाइड देखिएको बताए । उनले स्वास्थ्य अवस्था सामान्य रहेको बताए । यद्धपी दुई तीन दिन अस्पतालमै राखेर उपचार गर्ने योजना रहेको जानकारी दिए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा गणेश गुरुङले परीक्षण भएको र निमोनिया र टाइफाइडको लक्षण देखा परेको बताए । उनले अहिले ज्वरो घटदै गएपछि केही दिन आरामको जरुरत रहेको बताए । उनले केही दिन बीरमै बस्न सल्लाह दिएको बताए ।

अस्पतालले मन्त्री पोखरेलको उपचारका लागि युनिट वानको अन्तरगर्तका चिकित्सकहरुको टोली गठन गरेको छ । जसमा डा सुरेन्द्रलाल श्रेष्ठ, अशेस ढुंगाना र मणीरत्न बज्राचार्यको सहितको टोली सम्लग्न छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *