डा केसीको अनसन स्थगित हुँदै

काठमाडौँ, ३१ साउन । २३ दिन देखि आमरण अनसन बसेका डा गोविन्द केसीले अनसन स्थगित गर्ने भएका छन् । देशमा गएको बाढी पहिरोले अहसज परिस्थिति सिर्जना गरेको भन्दै अनसन स्थगित गर्न लागेका हुन् ।

यसअघि उनलाई सरकार तथा बार्ताका मध्यस्त कर्ताहरुले अनसन स्थगित गर्न सुझाव दिदै आएका थिए । डा केसीका सहयोगीहरुका अनुसार भेटन गएका मध्यस्त कर्ताहरुले पछिल्लो समयमा तराईमा आएको भिषण बाढीबाट ठूलो जनधनको क्षति पुगेको सुनाएका थिए ।

‘एउटा कारण त्यो भयो अर्को कारण डा केसीले उठाएका अधिकांश मागहरु पुरा भई पनि सकेका छन् । केही हुने क्रममा छन् । त्यस कारण पनि यतिवेला अनसन त्याग्नु राम्रो हुन्छ भन्ने ठान्नु भएको हुनसक्छ,’  एक सहयोगीले भने ।

डा केसीका तर्फबाट अहिले बेलुका ७ बजे शिक्षण अस्पतालमा आकस्मिक पत्रकार सम्मेलन गरिदैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *