सरकारी चिकित्सक संघद्धारा आकस्मिक बाहेकका सेवामा सहभागी नहुने घोषणा

काठमाडौँ, २६ साउन । सरकारी अस्पतालमा कार्यरत स्थायी चिकित्सकहरुको संस्था सरकारी चिकित्सक संघ नेपाल( गोदान)ले भोलिदेखि सबै सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवामा सहभागी नहुने बताएको छ । यद्धपी उसले भर्ना भएका विरामीको सेवा र अस्पतालसम्म आएका विरामीको उपचार भने बाहिरै ओपिडी राखेर भएपनि दिने जनाएको छ ।

डा गोविन्द केसीको अनसनको १८ औँ दिनसम्म राज्यपक्ष जिम्मेबार नभएको भन्दै विरोध स्वरुप गोदान यस्तो आवहान गरेको हो । गोदान अध्यक्ष डा दीपेन्द्र पाण्डेद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपाली जनताको स्वास्थ्य प्रतिको अधिकार सुनिश्चिताका लागि डा केसीको अभियानमा ऐकेवद्धता जनाउँदै सरकारी चिकित्सक संघले गदैै आएको दववा मुलक कार्यक्रमहरु प्रति सरोकारवालाहरुको उदासिनता र डा केसीको जीवनरक्षार्थ यस्तो घोषणा गरिएको हो ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *