कार्यदलको निर्णयप्रति चिकित्सक संघको आपत्ति
काठमाडौँ, २६ साउन । नेपाल चिकित्सक संघले व्यवस्थापिका संसदको महिला बालबालिका जेष्ठ नागरिक तथा समाजकल्याण समितिबाट चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन गठित कार्यदलको निर्णय प्रति आपत्ति जनाएको छ ।
उसले डा गोविन्द केसीको आमरण अनसन बसेको १८ दिन भईसक्दा कार्यदलबाट विवादास्पद निर्णय आएको भन्दै आपत्ती प्रकट गरेको छ । कार्यादलले मापदण्ड पुगेका मेडिकल कलेजलाई सम्वन्धन दिनसकिने व्यवस्था सहितको प्रतिवेदन बुझाएको छ ।
संघका महासचिव डा लोचन कार्कीद्धारा जारी विज्ञप्तीमा डा गोविन्द केसीसंग गरिएका सम्झौँता २४ घण्टा भित्र सम्वोधन गरि जीवन रक्ष ागर्न समेत माग गर्दै अन्यथा कडा कदम चाल्ने चेतावनी दिएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]
We should stop releasing this type of press release. Dr. GKC’s ill health condition demands urgent and emergent action. I do not know why NMA is becoming sluggish?