तातो पानी चाहिदैन चिसैले हात धोएपनि मर्छ किटाणु : अध्ययन्
एजेन्सी । साधारणतया चिसो पानीले हात धुनुभन्दा तातो पानीले हात धुनु राम्रो ठानिन्छ । तर हालै गरिएको एक अनुसन्धानले यस्तो प्रतिवेदन दिएको छ कि चिसो पानीले हात धुँदा पनि तातो पानीले जस्तै फाइदाजनक हुन्छ ।
रुटगेयर्स युएस युनिभर्सिटीका प्राध्यापक डानाल्ड भन्छन, ‘किटाणु मार्नका लागि तातो पानीजस्तै चिसो पानी पनि लाभदायी हुन्छ ।’ अनुसन्धानलाई उदृत गर्दै उनी भन्छन, ‘१० सेकेण्डसम्म हात धुँदा व्याक्टेरियाको सजिलैसंग मर्न सक्छ । अनुसन्धानकर्ता भन्छन्, ‘हात धोएपछि सहज महसुस हुनुपर्छ यसमा पानीको तापक्रमको कोही प्रभाव पर्दैन ।’
यसरी गरियो अनुसन्धान
अनुसन्धानमा सहभागी २१ जनाको हातमा हानी नगर्ने खालको ब्याक्टेरिया राखिएको थियो । यसपछि छुट्टा छुट्टै तापक्रमको पानीले हात धुन लगाइयो । साथै सामुवको मात्रा समेत छुट्टा छुट्टै थियो । नतिजा यस्तो आयो कि चिसो पानीले धुनेको हात र तातो पानीले धुनेको हात दुबै सफा थियो र व्याक्टेरिया थिएन । यति मात्रै होइन अनुसन्धानले यो पनि भनेको छ कि सावुनको मात्रै धेरै लगाउनुपर्छ भन्ने पनि छैन । तर हात राम्ररी धुनुपर्छ ।
किन गरियो यस्तो अनुसन्धान
यो अनुसन्धान खासगरी रेष्टुराँ तथा खाद्य उद्योगको ध्यानमा राखेर गरिएको थियो । हरेक चार बर्षमा युएस फूड एवं ड्रग एडमिनिष्ट्रेशनले नयाँ गाइड लाइन जारी गर्छ । यसपटक जारी गरेको सरसफाईको गाइडलाइन हरेक फुड रेस्टुराँमा ३७ डिग्री सेल्सियस सम्मको तामक्रम रहेको पानी उपलव्ध हुनुपर्ने बताइएको थियो ।
सम्पर्क इमेल : [email protected]