बीरगञ्ज घटना प्रति डाक्टरहरुको संगठनद्धारा विरोध

 

काठमाडौँ, १७ साउन । नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि भएको दुव्र्यवहारको राष्ट्रिय चिकित्सक संघले निन्दा गरेको छ । संघले आज विज्ञप्ती जारी गर्दै घटनामा सम्लग्न व्यक्तिमाथि कडा कारबाही गर्न समेत माग गरेको छ ।

गर्भवती महिलाको उपचारमा लापरबाही गरेको भन्दै गत शनिबार स्त्रीरोग विशेषज्ञ डा चन्दनी पाण्डे र स्टाफ नर्स ज्योति चौधरीलाई डिउटीमै रहेका बेला केही युवाहरुले हातपात तथा दुव्र्यवहार गरेका थिए ।

बीरगञ्ज १९ नगवाका गर्भवती महिला सायरा खातुनको उपचारमा लापरबाही गरेको भन्दै चिकित्सक र नर्स माथि हातपात गर्ने अखतर हवारी र निरन्जन पटेललाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो । पक्राउ पर्नेले चिकित्कको वास्ता नगर्दा सायराले मृत शिशु जन्माएको बताएका छन् ।

राष्ट्रिय चिकित्सक संघले आज जारी गरेको विज्ञप्तीमा स्वास्थ्य सेवा लिने र दिने निकायमा यदि कुनै अविस्वास देखिएमा कानूनी बाटो अवलम्वन गर्न सकिने भन्दै आक्रमणमा उत्रिनु निन्दनीय भएको उल्लेख छ ।

महासचिव डा रमेश ढकालद्धारा जारी विज्ञप्तीमा भविस्यमा यस्ता किसिमका गतिविधि हुन नदिन सरकारसंग माग गर्दै सम्पूर्ण सरोकारवालाई त्यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ ।

यता डाक्टर सोसाइटी अफ नेपालले पनि आजै विज्ञप्ती जारी गर्दै बीरगञ्ज घटनाप्रति भत्र्सना गरेको छ । कावा अध्यक्ष डा कालुसिंह खत्री र कावा महासचिव डा तोसीमा कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा यस्ता घटनालाई निरुत्साहित गर्न जेल विथआउट बेल को कानून ल्याउन माग गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *