शिक्षण अस्पतालका आवासीय चिकित्सकले भोलिदेखि ओपिडी बहिस्कार गर्ने
काठमाडौँ, १७ साउन । त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले भोली देखि ओपिडी सेवा नदिने भएका छन् । उनीहरुले भोलि देखि नै पठनपाठन र रिपोर्टिमा पनि सहभागी नहुने घोषणा गरका छन् ।
एघारौँ अनसन बसेका डा गोविन्द केसीको मागका सम्वन्धीत निकायले चासो नदिएको भन्दै आवासीय चिकित्सकहरुले सेवा बहिस्कारको घोषणा गरेका हुन् । नेशनल रेजिडेन्ट डाक्टर्स एसोसियन एनआरडीएद्धारा जारी विज्ञप्तीमा डा केसीको जीवन रक्षार्थ यी सबै कार्य गर्न बाध्य भएको भन्दै सबैलाई साथ दिन आग्रह गरिएको छ ।
एनआरडीएका अध्यक्ष डा कश्चेभ श्रेष्ठ र सचिव डा अमितकुमार यादवद्धारा जारी विज्ञप्तीमा डा केसीको माग तत्काल माग सम्वोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।
आवासीय चिकित्सकहरुको संस्था एनआरडीए यसअघिका हरेक आन्दोलनमा पनि यसैगरी दवाव सिर्जना गर्दै आएको थियो ।
सम्पर्क इमेल : [email protected]