डा. केसी र सरकारबीचको बार्ता आज पनि स्थगित (बार्तामा के भयो ?)
काठमाडौँ, १४ साउन । सरकारी पक्ष र डा.गोविन्द केसी पक्षबीच आज भएको बार्ता पनि बिना निस्कर्ष टुंगिएको छ । दिउसो सवा तीन बजेबाट शिक्षा मन्त्रालयमा सुरु भएको बार्ता करीब डेढ घण्टा बसेर टुंगिएको हो ।
सरकारी बार्ताटोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले आजको बार्तामा संसदमा गईसकेको चिकित्सा शिक्षा विधेयकलाई कसरी छिटो भन्दा छिटो पास गराउने भन्ने विषयमा छलफल केन्द्रीत रहेको बताए । उनले डा. केसीका अरु मागका विषयमा पनि छलफल सुरु भएको जानकारी दिए ।
‘मुख्य कुरा चिकित्सा शिक्षा विधेयक हो । जो संसदमा गईसकेको अवस्था छ । र डा केसीको प्रमुख माग पनि त्यसैमा अड्केको छ । त्यसैले बार्ता आजै सकिन्छ भन्ने नै थिएन । हामी त्यसलाई कसरी छिटो पारित गर्न सकिन्छ भनेर छलफल गरेका छौँ,’ सचिव श्रेष्ठले भने ।
उनले डा केसीका माग पुरा गराउन र अनसन स्थगित गराउँन । सरोकारवाला सबै निकायको ध्यानाकर्षण गराउने काम समेत भईरहेको बताउँदै
आजको बार्ताबारे यस्तो प्रतिक्रिया दिएका थिए :
मुख्य विषय बस्तु संसदमा पुगिसकेको र पास गर्ने व्यक्ति समेत अरु भएको अवस्थामा हामीले त्यस विषयमा भन्न मिल्ने अवस्था त रहेन । तर त्यो संसदीय प्रक्रियालाई सहजीकरण गर्न वा त्यो प्रक्रिया कहाँसम्म पुगेको छ भनेर बुझन र डा केसीको टिमलाई बुझाउन हामी कति सफल हौँ भन्ने कुरा हो । त्यसैले आज पनि हामी त्यो प्रक्रियामा लागेका छौँ र त्यो कुरा उहाँहरुलाई सुनायौँ ।
अर्को कुरा उहाँहरुले पनि त्यो प्रक्रिया छिटो टुंग्याउन आफ्नो ढंगले अघि बढाउनु भएको छ भन्ने लागेको छ मलाई । हाम्रो तर्फबाट यतिवेला डा केसीको माग र बर्तमान अवस्थाका बारेमा माननीयहरु शिक्षा मन्त्री स्वास्थ्य मन्त्री मार्फत यो कुरालाई अघि बढाउदै छौँ । र संसदमा पनि यो कुरालाई अलि भिन्न ढंगले अघि बढाउन हामीले सम्वन्धीत निकायको ध्यानाकर्षण गराउदै छौँ ।
तपाईँलाई भनु हामीले यतिवेला त्यो विधेयकको बारेमा कहिलेसम्म के के कुराहरु पास हुन्छन भन्ने कुराको लिने र उहाँहरुलाई बुझाउने
प्रयासमा पनि लागेका छौँ । किनकी यो कुरा स्पष्ट नभईकन बार्ता टुंगोमा पुग्न समेत मुस्किल हुन्छ ।
अर्को भनेको अहिले राजनीतिक र बौद्धिक बीच पनि कोर्ष चलाउनुपर्ने आवश्यकता छ । हामी त्यसमा पनि लागेका छौँ । आजको बार्ता यहि विषयमा बढी केन्द्रीत रहयो ।
सम्पर्क इमेल : [email protected]